लकडाउन उल्लंघन गरे गोली हान्न फिलिपिन्सका राष्ट्रपतिको आदेश


२० चैत्र २०७६, बिहीबार
filipins

मनिला, २० चैत । फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्तेले कोरोना संक्रमण रोक्न जारी गरिएको लकडाउनको उल्लंघन गर्नेलाई व्यक्तिलाई गोली हान्ने चेतावनी दिएका छन् ।

कोरोना (कोभिड १९) भाइरस त्रासको समयमा हाल फिलिपिन्स एक महिनाको लागि लकडाउन गरिएको छ । यसबीचमा लकडाउनको उल्लंघन गरेर सरकारको नियमलाई बाधा पुर्‍याउने जोकोहीलाई गोली हानिने डुटेर्तेले बताएको अलजाजिराले उल्लेख गरेको छ ।

डुटेर्तेले आफूले प्रहरीलाई गोली हान्ने आदेश दिइसकेको बुधबार एक टेलिभिजन सम्बोधनका क्रममा बताएका हुन् । ‘लकडाउन उल्लंघन गरेर सरकारलाई चुनौती नदिनुहोस्, तपाईहरु हार्नु हुनेछ ।’ सम्बोधनका क्रममा डुटेर्तेले भनेका छन्, ‘स्वास्थ्यकर्मी डाक्टर कसैलाई पनि हानी हुने किसिमको कार्य पनि नगरौं ।

किनभने त्यो गम्भीर अपराध हो, यदि कसैले अवरोध सिर्जना गरे उनीहरुको जीवन खतरामा पर्नेछ । मैले गोली हान्न आदेश दिएको छु ।’

अहिलेसम्म फिलिपिन्समा कोरोना भाइरसबाट ९६ जनाको ज्यान गएको छ भने दुई हजार ३११ जना संक्रमित छन् । लकडाउनयता फिलिपिन्समा सयौं लागूऔषधी व्यापारी र लागूऔषध प्रयोगकर्तालाई गोली हानेर हत्या गरिएको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७