विश्व वरियतामा नेपाली महिला भालिबल टोली ८६ औं स्थानमा


२० चैत्र २०७६, बिहीबार
vollyball महिला भलिबल jpg 9 scaled

काडमाडौं, २० चैत । विश्व वरियतामा नेपाली राष्ट्रिय महिला भलिबल टोली ८६ औं स्थानमा रहेको छ । अन्तर्राष्ट्रिय भलिबल महासङ्घ (एफआइभीबी) ले आज सार्वजनिक गरेको विश्व वरियतामा नेपाल यथावत रहँदै सो स्थानमा रहन सफल भएको हो ।

vollyball महिला भलिबल jpg 5 scaled

नयाँ वरियतामा नेपालको ५७ अङ्क रहेको छ । वरियताको शीर्ष स्थानमा भने चीन रहेको छ । त्यसैगरी अमेरिका दोस्रो स्थानमा छ भने ब्राजिल तेस्रो, इटाली चौथो र टर्की पाँचौं स्थानमा छन् । नेपाली महिला भलिबल टोली एशियाली राष्ट्रको वरियतामा भने १७ औं स्थानमा रहेको छ ।

vollyball महिला भलिबल jpg 3 scaled

पुरुषतर्फको वरियतामा भने नेपाल १३६ औं स्थानमा रहेको छ । नेपालको ५० अङ्क छ । पुरुषको वरियतामा ब्राजिल पहिलो स्थानमा छ भने पोल्याण्ड दोस्रो, अमेरिका तेस्रो, रुस चौथो र अर्जेन्टिना पाँचौं स्थानमा छन् । एशियाको वरियतामा नेपालको पुरुष टोली २७ औं स्थानमा रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७