अब सात वटै प्रदेशबाट कोरोना परीक्षण, उपकरणसहित खटियो जनशक्ति


२० चैत्र २०७६, बिहीबार
korona 1 3

काठमाडौं, २० चैत । सरकारले कोरोना भाइरस (कोविड–१९) को नमूना परीक्षण सातै प्रदेशबाट गर्ने तयारी आजदेखि थालेको छ । यसका लागि आवश्यक जनशक्ति र उपकरण सम्बन्धित क्षेत्रमा पुगिसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रदेश नं १ मा धरानस्थित बिपी कोइराला विज्ञान प्रतिष्ठानमा सोमबारदेखि र गण्डकी प्रदेशको पोखरामा मङ्गलबारदेखि सो भाइरसको नमूना परीक्षण सेवा शुरु भइसकेको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

प्रदेश नं २ को जनकपुर, सुदूरपश्चिम प्रदेशको धनगढी, कर्णाली प्रदेशको सुर्खेत र प्रदेश नं ५ को वुटवल र वाग्मती प्रदेशको हेडौँडामा आजदेखि नमूना परीक्षण गर्ने आवश्यक तयारी भइरहेको छ ।

प्रवक्ता डा. देवकोटाका अनुसार सबै स्थानमा नमूना परीक्षणका लागि आवश्यक उपकरण सहित सम्पूर्ण सामग्री पुगिसकेको छ । यसअघि नै प्रयोगशाला सञ्चालन गर्न मन्त्रालयले जनशक्ति खटाइसकेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७