उपमेयर राईले आफ्नै खर्चमा विपन्न २५ घरलाई खाद्य सामग्री वितरण


२० चैत्र २०७६, बिहीबार
khotang

काठमाडौं, १९ चैत । खोटाङ जिल्लाको हलेसी तुवाचुङ नगरपालिकाकी उपमेयर विमला राईले अति विपन्न परिवारलाई खाद्य सामग्रीहरू वितरण गरेकी छिन् ।

राईले नगरपालिकाको वडा नम्बर–७ महादेवस्थानमा रहेका २५ घरधुरी दलित तथा विपन्न परिवारलाई खाद्य सामग्री वितरण गरेकी हुन् । उपमेयर राईले निजी खर्चमा विपन्न परिवारलाई ४ सय २० किलो चामल वितरण गरेकी हुन् ।

उपमेयरराईले लकडाउनका बेला आफ्ना नागरिकहरूलाई निःशुल्क रुपमा खाद्य सामग्री वितरण गरेर गरिकी छिन् । दैनिक ज्यालामा हलेसी बजारका होटलमा भाँडा माझ्ने, लगायतका काम गरेर परिवार चलाइरहेको अवस्थामा लकडाउनले समस्यामा परेका परिवारलाई उपमेयर राईले गाउँमै पुगेर खाद्यान्न वितरण गरेको बताइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७