छैटौँ नेपालीमा कोरोनाभाइरसको सङ्क्रमण


२० चैत्र २०७६, बिहीबार
latest News nayapage1 scaled

काठमाडौं, २० चैत :  नेपालमा थप एकजनालाई कोरोनाभाइरस (कोभिड–१९)  को सङ्क्रण देखिएको छ । कतार एयरवजको जहाजबाट गत चैत ४ मा काठमाडौं आएका यात्रुलाई कोरोना संक्रमण भएको हो। यो सँगै नेपालमा कोरोना संक्रमण देखिनेको संख्या ६ पुगेको छ।

बिहीवार नियमित पत्रकार सम्मेलनका क्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले छैटौँ नेपालीमा कोरोनाभाइरस सङ्क्रमण देखिएको जानकारी दिए ।

काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षण अनुसार छैटौँ व्यक्तिमा कोभिड–१९ पोजिटिभ देखिएको डा. देवकोटाको भनाई छ ।

देवकोटाका अनुसार चैत ४ गते दोहाबाट काठमाण्डू आएको त्तच् टछद्द उडानमा आएका अर्का व्यक्तिमा कोरोनाभाइरसको सङ्क्रमण देखा परेको हो। पहिला नै उक्त उडानमा आएका दुई जनामा सङ्क्रमण देखिएको थियो।

यसअघि सोही उडान अर्थात् क्यूआर ६५२ फ्लाइटबाट नेपालकी काठमाडौंकी १९ वर्षीया युवतीमा चैत १० गते र बाग्लुङकी १९ वर्षीया युवतीमा चैत १६ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

देवकोटाका अनुसार विहिबारसम्म नेपालमा हालसम्म १,१ ८४ जनामा कोभिड(१९ को परीक्षण गरिएको छ। त्यसमध्ये १,१७८ मा सङ्क्रमण नदेखिएको र पाँच जनालाई आइसोलेसनमा राखेर उपचार भइरहेको छ।

नेपालको पहिलो संक्रमित व्यक्ति निको भएर घर फर्किसकेका छन् । बाँकी ४ जनाको आइसोलेसनमा उपचार भइरहेको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७