कोरोना कोषमा मेगा बैंकले दियाे १ करोड ३५ लाख, सहयाेगमा कर्मचारीकाे पनि व्यक्तिगत योगदान


२० चैत्र २०७६, बिहीबार
megha bank

काठमाडौं, २० चैत ।  मेगा बैंक नेपालले कोरोना भाइरस (काेभिड-१९)काे रोकथामका लागि संघीय र प्रदेश सरकारले स्थापना गरेको कोषमा १ करोड ३५ लाख रुपैयाँ सहयोगको गर्ने घोषणा गरेको छ ।

केन्द्रीय सरकारले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि स्थापना गरेको कोषमा  १ करोड रुपैयाँ र सातै वटै प्रदेशमा ५–५ लाख गरी जम्मा १ करोड ३५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो ।

सहयोग रकम संघ र प्रदेश सरकारको कोषमा छुटा-छुट्टै जम्मा गरिने मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले जानकारी दिइन् ।

उनले भनिन् ‘कोरोना भाइरस संक्रमणको रोकथाम, त्यसको नियन्त्रणका साथै उपचारका लागि देशव्यापी रुपमा केन्द्रीय सरकार र प्रदेश सरकारले चालिरहेको अभियानमा ऐक्यबद्धता स्वरुप हामीले यो सहयोग गरेका हौं, यो खतरानाक भाइरसको उपचारबाट कोही पनि वञ्चित हुन नपरोस् भन्ने हाम्रो कामना छ ।’

मेगा बैंकले बन्दाबन्दीको समयमा पनि ग्राहकको हितलाई ध्यानमा राख्दै देशभरका विभिन्न शाखाहरुबाट बिहान ११ बजेदेखि अपरान्ह १ बजेसम्म सेवा प्रदान गरिरहेको छ ।  खोलिने शाखाहरुको नाम, शाखा प्रबन्धकहरुको नाम र फोन नम्बर बैंकले दैनिक रुपमा आफ्नो वेबसाईट र आधिकारिक फेसबुकमा अद्यावधिक गर्ने गरेको छ । तर, अत्यावश्यक बाहेक अन्य सेवाका लागि मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, पोस, क्यूआर भुक्तानी जस्ता डिजिटल माध्यमहरुको प्रयोग गर्न मेगा बैंकले आफ्ना ग्राहकहरुलाई अनुरोध पनि गरेको छ ।

बैंककाे कर्मचारी तथा सञ्चालक समितिकाे पनि व्यक्तिगत योगदान

सिइओ खुञ्जेलीका अनुसार सहयाेगमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मेगा बैंकले गर्ने यो सहयोग रकम भित्र मेगा बैंकका १२ सय भन्दा बढी कर्मचारीका साथै सञ्चालक समितिका सदस्यहरुले पनि व्यक्तिगत योगदान रहेकाे छ ।

सहायक तहका कर्मचारीले २ दिनको तलब, अधिकृत तहका कर्मचारीले ३ दिनको तलब, प्रबन्धक तहका कर्मचारीले ४ दिनको तलब र उच्च व्यवस्थापन तहले ५ दिनको तलब बराबरको रकम करिब ३० लाख ८७ हजार रुपैयाँ प्रदान गर्नेछन् ।

सिइओ खुञ्जेलीका अनुसार, संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मेगा बैंकले गर्ने यो सहयोग रकम भित्र मेगा बैंकका १२ सय भन्दा बढी कर्मचारीका साथै सञ्चालक समितिका सदस्यहरुले पनि व्यक्तिगत योगदान गर्नेछन् ।

सहायक तहका कर्मचारीले २ दिनको तलब, अधिकृत तहका कर्मचारीले ३ दिनको तलब, प्रबन्धक तहका कर्मचारीले ४ दिनको तलब र उच्च व्यवस्थापन तहले ५ दिनको तलब बराबरको रकम करिब ३० लाख ८७ हजार रुपैयाँ प्रदान गर्नेछन् ।

त्यसैगरी सञ्चालक समितिका प्रत्यक सदस्यले २५ हजार रुपैयाँ सहयोग गर्दै १ लाख ७५ हजार रुपैयाँ प्रदान गर्नेछन् ।

विपद्को बेलामा राज्यलाई व्यक्तिगत सहयोग गर्ने बैंकका सम्पूर्ण कर्मचारीहरु, बैंक कर्मचारी युनियन लगायत सञ्चालक समितिलाई उनले आभार प्रकट गरेकी छिन् ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७