लकडाउन दशौं दिन: समस्यामा परेका जनता सडकमा, पास लिएर काठमाडौ बाहिरिने बढ्दै


२० चैत्र २०७६, बिहीबार
luckdown nepal

काठमाडाैं, २० चैत ।  काेरोना भाइरस(काेभिड-१९)को संक्रमण बढ्न नदिन सरकारले लकडाउन लगाएको बिहीबार १० औं दिन पनि शहरबजार सुनसान बनेको छ ।

सरकारले सुरक्षित रहेर घरमै बस्नका आग्रह गर्दै लकडाउन गरेको हो । तर लकडाउन लगाए पनि यसलाई तोड्ने क्रम भने तीव्र रहेको छ ।

समस्यामा परेका जनता सडकमा देखिन्न थालेका छन् । सडकमा देखिएको जनताले खाद्य सामाग्री र बाहिर निस्कन पनि नदिएको गुनासो गरेका गरेका छन् ।

लकडाउन उलंघन गर्नेलाई तीन घण्टा होल्डमा राखेर छोड्ने गरिएको छ । उल्लंघन गर्नेहरुलाई घरमै रहन आग्रह गरिएको छ ।

अत्यावश्यक काममा हिँडेकालाई भने सोधपुछपछि प्रहरीले छोड्ने गरेको छ । तर रमाइलोका लागि र मर्निङ वाक–इभिनित्र वाकका नाममा हिँड्नेलाई भने नियन्त्रणमा लिएर राख्ने गरेको छ । पास लिएर समेत पनि मानिसहरु धमाधम काठमाडौंबाट बाहिरिने र भित्रिने गरिहेको छ ।

 

 काेराेना भइरसको महामारी बढ्दै गएपछि सरकारले यही चैत ११ गतेबाट लागू हुने गरी अत्यावश्यक बाहेक बाहिर ननिस्कन आदेश जारी गरेको थियो ।

नेपालमा थप एकजनालाई कोरोनाभाइरस संक्रमण

नेपालमा थप एकजनालाई कोरोनाभाइरस (कोभिड–१९)  को सङ्क्रण देखिएको छ । कतार एयरवजको जहाजबाट गत चैत ४ मा काठमाडौं आएका यात्रुलाई कोरोना संक्रमण देखिएकाे बिहीवार नियमित पत्रकार सम्मेलनका क्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

  यो सँगै नेपालमा कोरोना संक्रमण देखिनेको संख्या ६ पुगेको छ। काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षण अनुसार छैटौँ व्यक्तिमा कोभिड–१९ पोजिटिभ देखिएको डा. देवकोटाको भनाई छ । 

यसअघि सोही उडान अर्थात् क्यूआर ६५२ फ्लाइटबाट नेपालकी काठमाडौंकी १९ वर्षीया युवतीमा चैत १० गते र बाग्लुङकी १९ वर्षीया युवतीमा चैत १६ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७