एनसेलले २५ प्रतिशतले घटायो इन्टरनेट शुल्क


२० चैत्र २०७६, बिहीबार
ncl scaled

काठमाडौं, २० चैत । एनसेल प्राइभेट लिमिटेडले हालै सरकारले गरेको निर्णयअनुसार बिहीबार (चैत्र २०) बाट लागू हुनेगरी डेटा सेवामा पे एज यु गोको शुल्क २५ प्रतिशतले घटाएको छ।

एनसेलले आफ्नो कर बाहेक २ रुपैयाँ प्रति एमबी रहेको पे एज यु गो शुल्क १.५० रुपैयाँ प्रति एमबीमा झारेको छ। यो परिमार्जित शुल्क लकडाउनको अवधिभर लाग कम्पनीले बताएको छ। इन्टरनेटको पहुँच सुनिश्चित गर्नका लागि कम्पनीले यस अघि नै पे एज यु गो अन्तर्गत ग्राहकलाई डेटामा बोनस समेत दिदै आएको छ।

जसअन्तर्गत डेटा शुल्क ८० प्रतिशतसम्म कम भएको छ। यो योजना अन्तर्गत ग्राहकले जति धेरै आफ्नो मेन ब्यालेन्सबाट डेटा प्रयोग गर्नेछन् त्यसै अनुरुप डेटा शुल्क थप सुलभ हुँदै जाने बताइएको छ।

पे एज यु गोमा दिइएको २५ प्रतिशत छुटसँगै ग्राहकले इन्टरनेट चलाउँदै जाँदा ८० प्रतिशतसम्म छुटमा डेटा प्रयोग गर्न सक्नेछन्। जब ग्राहकले आफ्नो मेन ब्यालेन्स प्रयोग गरी डेटा सेवा चलाउँछन्, खर्च भएको ब्यालेन्स रकमको आधारमा तत्काल बोनस डेटा पाउँदै जानेछन्।

जब ग्राहकले आफ्नो ब्यालेन्सबाट २, ५, १०, २०, ३० रुपैयाँ वा यो भन्दा थप १० रुपैयाँका दरले खर्च गर्दै जान्छन् त्यसै अनुपातमा बोनस डेटा प्राप्त गर्दै जाने कम्पनीले जानकारी दिएको छ। शुरुमा १० रुपैयाँ डेटामा खर्च गरेपछि खर्च हुने प्रत्येक १० रुपैयाँमा ग्राहकले २०-२० एमबी डेटा बोनस पाउने छन्।

यदि ग्राहकले २ रुपैयाँ मेन ब्यालेन्स १.०४ एबी डेटामा खर्च गर्दछन् भने उनीहरुले तत्कालै २ एमबी डेटा बोनस पाउँनेछन्। यसैगरी ग्राकहले ३० रुपैयाँ ब्यालेन्स खर्च गर्छन् भने बोनसको ५७ एमबी सहित कुल करिब ७३ एमबी डेटा पाउँनेछन्।

यदि ग्राहकले मेन ब्यालेन्सको १०० रुपैयाँ डेटामा खर्च गर्दछन् भने मेन ब्यालेन्सबाट पाइने ५२।२ एमबी र बोनस १९७ एमबी सहित कुल २५० एमबी डेटा पाउँनेछन्।

कोरोनाभाइरसले निम्त्याएको महामारीको बेला एनसेलले ग्राहकको सञ्चार सेवाको आवश्यकतालाई ध्यानमा राख्दै विभिन्न योजनाहरु ल्याएको छ। जसअनुसार सापटी सेवामा थप रकम, निःशुल्क ब्यालेन्स ट्रान्सफर, रिचार्जमा १२० प्रतिशत बोनस र १५ जिबीको स्टे होम प्याक रहेका छन्।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७