औद्योगिक सर्वेक्षण स्थगित


२१ चैत्र २०७६, शुक्रबार
udyog

काठमाडौं, २१ चैत । जुम्ला, मुगु र डोल्पामा भइरहेको औद्योगिक सर्वेक्षण स्थगित भएको छ । वैशाख मसान्तसम्म मुगु, डोल्पा र जुम्लाका ५४ उद्योगमा सर्वेक्षण सकेर राष्ट्रिय योजना आयोग र केन्द्रीय तथ्यांक विभागमा प्रतिवेदन बुझाउने लक्ष्य स्थगित भएको हो ।

विश्वव्यापी माहमारीका रुपमा फैलिएको कोरोना भाइरसको त्रासले औद्योगिक सर्वेक्षण स्थगित भएको प्रमुख जिल्ला अधिकारी तथा जिल्लास्तरी औद्योगिक सर्वेक्षण समितिकी अध्यक्ष दुर्गा बञ्जाडेले बताइन् ।

विगतका वर्षमा साना ठूला उद्योगको छुट्टाछुट्टै हुँदै आएको औद्योगिक गणना र सर्वेक्षण यस वर्षबाट एकै साथ औद्योगिक सर्वेक्षण कर्णालीमा सुरु भएको थियो ।

सर्वेक्षणले देशको अर्थतन्त्रमा औद्योगिक क्षेत्रले गरेको योग्दानका बारेमा विश्लेषण गर्ने बताइएको थियो । ओरके स्याउ प्रशोधन उद्योगका सञ्चालक रामकृष्ण चौलागाईंले कर्णालीमा रहेका कृषि, जडिबुटी, राडीपाखी, झोला, फर्निचरमा आधारित उद्योगले राज्यलाई दिएको योगदानका बारे अध्यायन गर्ने माध्यमका रुपमा औधोगिक सर्वेक्षणलाई लिएको बताए ।

कोरोनाको त्रासले औद्योगिक सर्वेक्षण स्थगित हुँदा सबै तयारी खेर गएको छ । ‘जनशक्ति तयारीदेखि सर्वेक्षण गर्ने उद्योगको सूची समेत आइसकेको थियो’, तथ्यांक अधिकृत शंकरदत्त भट्टले भने, ‘करिब १०–१२ उद्योगको समेत नमुना सर्वेक्षण गरिसकिएको थियो ।’

चैत ६ गते यता कोरोना रोकथामका लागि सरकार आक्रमक भएर अघि बढ्दा त्यसको असर औद्योगिक सर्वेक्षणमा समेत परेको छ । सर्वेक्षणको सूचिमा जुम्लाका ३५, डोल्पाका ४ र मुगुका १५ उद्योग परेका थिए ।

१० भन्दा बढी कामदार रहेका उद्योगहरुको लगानी, उत्पादनको अवस्था, आयात निर्यात, स्थायी सम्पत्ति, कर चुक्ताको विवरण, वातावरणमा पारेको प्रभाव र रोजगारी सृजनालगायत अबस्था बुझ्न, सर्वेक्षण आवश्यक छ ।

साथै, सर्वेक्षणले केहि ठूला लगानीका उद्योगले देशको अर्थतन्त्र विकासमा दिएकोे योगदान, रोजगारी सृजना, तथा वातावरण प्रदुषणमा पारेको प्रभावका नीति निर्माता, योजनाविद्ध उद्योगीहरुलाई तथ्यांक दिनु, विश्षलेण गर्ने दीगो व्यवस्थापनमा राज्यले लगानी गर्ने क्षेत्रको लागि बाटो खुल्ला गर्न पनि औद्योगिक सर्वेक्षणको आवश्यकता देखिन्छ ।

नेपालमा २०२९ सालबाट सुरु भएको औद्योगिक सर्वेक्षण रहेक पाँच वर्षमा गरिन्छ । २०२९ देखि ०६९ सम्म गणना गर्दा १० औँ पटकसम्म साना तथा ठूला उद्योगको छुट्टाछुट्टै सर्वेक्षण गरिएको थियो । कोरोबार दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७