चर्चित भारतीय क्रिकेटर गौतम गम्भीरले कोषमा दुई वर्षको तलव जम्मा गर्ने


२१ चैत्र २०७६, शुक्रबार
O2zwuG62Gl6pVdQAEAWs

काठमाडौं, २१ चैत । भारतका चर्चित क्रिकेट खेलाडी गौतम गम्भीरले प्रधानमन्त्री राहत कोषमा दुई वर्षको तलव जम्मा गर्ने घोषणा गरेका छन् ।

सत्तारुढ दल भारतीय जनता पार्टीका सांसद समेत रहेका गम्भीरले कोरोना सङ्क्रमण विरुद्धको लडाईंमा टेवा पुर्‍याउन आफ्नो तलव दिने घोषणा गरेको बताएका हुन् ।

‘अहिले सरकारले मलाइ के दियो भनेर प्रश्न गर्ने भन्दा पनि आफूले दिन पर्ने बेला भएकाले मैले सानो सहयोग गर्न लागेको हुँ’, उनले भने ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले अरुलाई पनि प्रधानमन्त्री कोषमा सक्दो सहयोग रकम जम्मा गर्न आग्रह गरेका छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७