२०२० का उत्कृष्ट खेलाडीको सूची सार्वजनिक, मेस्सी शीर्ष ५० मा पनि परेनन्


२१ चैत्र २०७६, शुक्रबार
messi 2

काठमाडौं, २१ चैत । सन् २०२० मा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीको सूची सार्वजनिक भएको छ ।

फुटबल अब्जरभेटरी नामक खोजकर्ताले सार्वजनिक गरेको यो वरियता क्रममा लियोनल मेस्सी शीर्ष ५० मा समेत अटाउन सकेनन् ।

फुटबल अब्जरभेटरीले खेलाडीको प्रदर्शनको विश्लेषण गर्दै आएको छ । पछिल्लो तीन महिनामा खेलाडीले मैदानमा गरेको व्यक्तिगत प्रदर्शन र टिमका लागि गरेको योगदानमा आधारित रहेर यो नतिजा निकालेको हो ।

उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीको सूचीमा लियोनल मेस्सी ५२ औं स्थानमा छन् भने क्रिस्टियानो रोनाल्डो २७ औं स्थानमा छन् ।

यो सूचीमा लिभरपुलका कप्तान जोर्डन हेन्डरसन शीर्ष स्थानमा छन् । उनको रेटिङ ९३ प्रतिशत छ । दोस्रो स्थानमा पीएसजीका प्रिस्नेल किम्पेम्बे र बायर्न म्युनिकका थियागो अल्कन्टरा छन् ।

पीएसजीकै एन्गल डी मारिया १० औं स्थानमा छन् । लिभरपुलका डिफेन्डर भर्जिल भ्यान डाइक १३ औं स्थानमा छन् भने मोहम्मद सलाह १६ औं स्थानमा छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७