लकडाउन ११ औं दिन : मुख्य शहर सुनसान, लकडाउन उल्लंघन गर्नेहरुको संख्या बढ्दो (भिडियाे)


२१ चैत्र २०७६, शुक्रबार
luckdown

काठमाडौं, २१ चैत । सरकारले लागू गरेको लकडाउनको एघारौ दिन पनि काठमाडौं उपत्यकालगायत मुलुकका मुख्य शहर सुनसान छन् ।

विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरस(कोभिड–१९)को संक्रमण फैलन नदिन गरेको लकडाउनसँगै सुनसान भएको हो ।

सरकारले अर्को मंगलबारसम्मका लागि लकडाउनको अवधि बढाएसँगै धेरै सर्वसाधारणहरु पनि यसको पालना गरिरहेका छन् । तर, पछिल्लो दिन केहि स्थानमा लकडाउन उल्लंघन गर्नेहरुको संख्या पनि बढिरहेको छ ।

गत मंगलबार चैत ११ गतेदेखि लकडाउन चलिरहेको छ । यो लकडाउन २५ चैतसम्म चल्नेछ । यस्तोमा अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन आग्रह गर्दागर्दै पनि नियम उल्लंघन गर्नेहरु पनि रहेका छन् ।

लकडाउन उल्लंघन गर्नेहरुलाई प्रहरीले दिनहुँ नियन्त्रणमा लिदै आएको छ । प्रहरीले अत्यावश्यक बाहेकका कामका लागि गाडी चलाएको पाइए चालकलाई फर्काएर बेलुकीमात्रै गाडी छाड्ने गरेको छ ।

लकडाउनका कारण अहिले देशभर सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, कुटनीतिक नियोग, एम्बुलेन्स, अत्यावश्यक र जिल्ला प्रशासनबाट अनुमति लिएका गाडी मात्र चलिरहेका छन् । अरु गाडी चलाउन र अत्यावश्यक नपरि हिँडडुलमा पनि रोक लगाइएको छ ।

प्रहरीले घर बाहिर ननिस्किन तथा उच्च सुरक्षा सतर्कता अपनाउन आग्रह गरेको छ । यसैक्रममा सरकारले आजदेखि लकडाउन केही खुकुलो पनि बनाएको छ ।

त्यस्तै लकडाउनका क्रममा बिपन्न परिवारहरुलाई बिभिन्न स्थानमा स्थानीय तहले राहत बितरण गर्दै आएका छन् ।

चीनको वुहानबाट शुरु भएको कोरोना भाइरस संक्रमणबाट विश्वभर संक्रमित हुनेको संख्या १० लाख नाघेको छ । पछिल्लो विवरणअनुसार १० लाख १४ हजार ४९९ जना संक्रमित भएका छन् । कोरोना भाइरसका कारण विश्वभर मृत्यु हुनेको संख्या ५३ हजार १६६ पुगेको छ । करिब ६ हजार मृतक थपिंदा मृत्यु हुनेको संख्या बढेको हो । दुई लाख १२ हजार मानिस निको भएर घर फर्कंदा करिब ८० हजारमा नयाँ संक्रमण फेला परेको छ ।

नेपालमा ६ जना कोरोना संक्रमण देखिएको छ । भने एकजना निको भएर घर फर्किसकेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७