प्रदेश-२ मा ‘कोभिड-१९’ नीति तयार गर्न स्वास्थ्य सल्लाहकार समितिलाई जिम्मा


२१ चैत्र २०७६, शुक्रबार
lalbabu raut chief ministry

जनकपुरधाम, २१ चैत । प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतको संयोजकत्वमा गठित उच्चस्तरीय ‘कोरोना नियन्त्रण तथा रोकथाम’ निर्देशक समितिले कोरोना भाइरस नियन्त्रणका लागि आवश्यक नीति तयार गर्न प्रदेश स्वास्थ्य सल्लाहकार समितिलाई दिएको छ ।

समितिको आज यहाँ बसेको बैठकले प्रदेशको स्वास्थ्य सल्लाहकार समितिलाई सम्भावित सो भाइरसको जोखम नियन्त्रणका लागि सरकारलाई गर्नुपर्ने काम बारे तथ्यगत सूचीसहितको नीति निर्माण गर्ने जिम्मेवारी दिइएको हो । बैठकले समितिलाई छिटो नीति तयार गरी सरकारलाई उपलब्ध गराउन निर्देशन समेत दिएको छ ।

सो स्वास्थ्य सल्लाहकार समितिमा डा रामकेवल साह, डा सुरेन्द्र यादव, डा प्रवीण मिश्र, डा काशीकान्त झा, डा विजयकुमार सिंह, डा गरिबदास ठाकृुर, डा जेके लाल रहेका छन् । सल्लाहकार समितिका सदस्य डा साहले आजबाट नै कार्य प्रारम्भ गरेर यथाशीघ्र आफ्ना सुझाव सरकारलाई बुझाउने जानकारी गराए ।

प्रदेश–२ मा एक हजार १४५ जना क्वारेन्टाइनमा
कोरोना भाइरस (कोभिड —१९ ) सम्भावित जोखिम हुन नदिन प्रदेश नं २ को आठ जिल्लामा एक हजार १४५ जनालाई क्वारेन्टाइनमा राखिएको छ । प्रदेश २ प्रहरी कार्यालय जनकपुरधामले आज दिएको जानकारी अुनसार ३७१ जना होम क्वारेन्टाइनमा रहेका मध्ये ४६ लाई क्वारेन्टाइनमा पठाइएको छ ।

धनुषामा पाँच तथा पर्सामा दुई गरी सात जना आइसोलेशनमा रहेको बताइएको छ । प्रदेशमा हालसम्म एक जनामा पनि सो भाइरसको पोजेटिभ देखिएको छैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७