काठमाडौं महानगरका वडाहरुद्वारा कोरोना नियन्त्रण तथा रोकथामको पहल सुरु


२१ चैत्र २०७६, शुक्रबार
deepak kc

काठमाडौं, २१ चैत । विश्वभर फैलिएको कोरोना नियन्त्रण तथा रोकथामका लागि काठमाडौंको वडाहरुले पनि प्रयास सुरु गरेका छन् ।

केहि वडाहरुले कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि बिभिन्न कार्यक्रम बनाएर नै कोरोना नियन्त्रण तथा रोकथामको पहल सुरु गरेका हुन् ।

काठमाडौं महानगर वडा नंवर ३ ले कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि बिभिन्न स्थानमा कोरोना प्रारम्भीक जाँच, किटनाशक स्प्रे, एम्बुलेन्सको तयारी लगाएतको व्यवस्था गरेको हो ।

त्यस्तै वडाभित्र रहेका विपन्न बर्गलाई राहत वितरणका साथै चौपायाहरुलाई खानेकुराको व्यवस्था पनि गरेको छ । वडाका वडाध्यक्ष दिपक केसीले कोरोनाको महामारी रोक्न र वडाभित्र कोरोना भित्रन नदिन सवै प्रकारको तयारी गरिएको जानकारी दिए ।

क्त वडाभित्र १८ वटा अस्पतालहरु रहेका छन् भने वडाभित्र रहेका एम्बुलेन्सहरु सञ्चालनका लागि पिपिई उपलव्ध गराएको वडाध्यक्ष केसीले बताए ।

 वडामा गरिएको तयारीको शुक्रबार नेपाली सेना बिशेष फौज प्रमुख सहायक रथी प्रेम शाहीले पनि निरिक्षण गरे । निरिक्षणका क्रममा उहाले कोरोना रोकथाम र न्युनिकरणका लागि सवै एक भएर लाग्नुपर्ने बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७