नेपाल लाइफकाे ‘कारोना नियन्त्रण तथा उपचार कोष’मा एक करोड सहयोग


२१ चैत्र २०७६, शुक्रबार
nepal life insurance

काठमाडौं, २१ चैत । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले  ‘कारोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’लाई एक करोड सहयोग गर्ने भएको छ । 

नेपाल लाइफको सञ्चालक समितिले विश्वव्यापी रुपमा फैलिइरहेको कोरोना भाइरस (कोभिड–१९) महामारीको रोकथाम तथा नियन्त्रणका निम्ति नेपाल सरकारले स्थापना गरेको कोषमा  एक करोड रुपैयाँ सहयोग गर्ने जनाएको छ । 

नेपाल लाइफले विगतमा समेत राष्ट्रले आवश्यकता महसुस गरेका विभिन्न प्रतिकुल परिस्थितिमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विविध प्रकारको सहयोग गर्दै आइरहेको जानकारी गराएको छ ।

यस महामारीको सन्दर्भमा समेत नेपाल लाइफले नेपाल सरकारको उक्त कोषमा गरेको सहयोगले कोरोना भाइरसको रोकथाम, नियन्त्रण तथा उपचार र विपन्न तथा न्यून आम्दानी भएका प्रभावित परिवारहरुको दैनिक आवश्यक एवं उपभोग्य सामग्रीहरुका निम्ति केही सहयोग हुने विश्वास व्यक्त गरेकोे छ ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७