कोरोना भाइरसबाट निको भएकी महिला : ‘मेरो रगतले रहस्य पत्ता लगाउने छ’


२१ चैत्र २०७६, शुक्रबार
884872227f154c4c9cdfcbd4fb5981e3 538e455556d24b62bddd55c6655eaa07 41370c31dfc94e788223d62b4ad11e5d

न्यूयोर्क, २१ चैत । कोरोना भाइरसबाट संक्रमित भएको थाहा पाउँदा त्रासले श्वास नै अबरुद्ध भएको अनुभव टिफानी पिन्क्नीको दिमागमा अझै ताजै छ ।

न्यूयोर्क शहरकी यी ३९ वर्षीया आमा निको मात्र हुनु भइनन् उनले अरु बिरामी बचाउने सन्दर्भमा अर्को नयाँ इतिहास पनि रचिन् । उनले अन्य गम्भीर बिरामीहरूको उपचारमा सहयोग पुर्‍याउन आफ्नो रगत दान गरेकी छन् । पिन्क्नीले एसोसिएटेड प्रेसलाई भनिन्, ‘मेरो रगतमा सायद कोरोनाको उपचारसँग जोडिएका प्रश्नहरुको उत्तर हुन सक्दछ । यो कुरा थाहा पाउँदा मलाई अति खुशी लागेको छ ।’

विश्वभरका चिकित्सकहरूले संक्रामक रोगलाई फैलिन नदिन शताब्दियौं पुरानो उपचार पद्धतिलाई बेवास्ता गरिरहेका छन्, अर्थात् नयाँ कोरोनाभाइरसलाई परास्त गर्न रक्त प्लाज्माको प्रयोग । हुनत यसले बिरामी व्यक्ति ठीक भइहाल्छ भन्ने कुनै प्रामाणित तथ्य त छैन ।

तर ह्युस्टन र न्यूयोर्कमा उपचारपछि ठीक भएका धेरै व्यक्तिहरु आफ्नो रगत दान गर्न उत्सुकतापूर्वक प्रतिक्षा गरिरहेका छन् । अस्पताल र रक्त केन्द्रहरू पनि यसको नतिजालाई पर्खेर तयारी अवस्थामा बसेका छन् ।

न्यूयोर्कको माउन्ट सिनाई अस्पतालका अध्यक्ष डा. डेभिड राइखले भने, ‘अहिले यो विधिका बारेमा चौतर्फी चासो छ, र मानिसहरु यो विधि अपनाउन भनिरहेका छन् ।’ यही अस्पतालमा टिफानीको उपचार गरिएको र निको पनि भएका थिए ।

‘यो रोग लागेपछि मानिसहरु निःसहाय अनुभव गर्दछन् । कतिपयले जीवनको आशा मार्छन् । रक्तदानले अरु हजारौंको जीवन बचाउन सक्ने सम्भावना छ’, उनले भने, ‘उपचार चलिरहेको बेला, हामी केवल यो आशा गर्छौं कि यसले काम गर्छ ।’

7be6e929f95642fe858fbba510cbd5eb fa8ec2ef57e34bcdbebb47662a0431d1 c5ce568702ef4e8790612da259ec6cc6 1

इतिहासका पुस्तकहरूमा ‘कन्भलेसेन्ट सेरम’ भनिने यो प्लाज्मालाई सन् १९१८ को महामारीका दिनहरुमा पनि प्रयोग गरिएको थियो । नयाँ आधुनिक औषधि प्रयोगमा आउनुअघि दादुरा, ब्याक्टेरियल निमोनिया र अरु धेरै किसिमका संक्रमण विरुद्ध पनि यसलाई प्रयोग गरिएको थियो । किन ?

जब संक्रमणले मानिसलाई आक्रमण गर्न थाल्छ, शरीरले प्राटिनको रुपमा एन्टीबडी उत्पादन गर्दछ र यसले शरीरभित्र प्रवेश गरेका विषाणु विरुद्ध लड्छ । यी एन्टिबडी मानिसको शरीरको रगतमा तैरिरहेको हुन्छ, र विशेषगरी यो प्लाज्मामा रहेको हुन्छ अर्थात् रगतको पहेंलो तरल भाग । यो एन्टिबडी तत्व रगतमा महिनौं, वर्षौंसम्म रहन्छ ।

‘जब नयाँ रोगहरू देखा पर्दछन् र वैज्ञानिकहरू खोपहरू वा औषधिहरूको लागि दौडिरहेका हुन्छन् त्यसबखत यो एक द्रुतगतिको पहिलो उपाय हो जुन हामी चाँडै राख्न सक्छौं’, सेन्ट लुइसस्थित वासिङ्टन विश्वविद्यालय स्कूल अफ मेडिसिनका डा जेफ्री हेन्डरसनले भने । यस विश्वविद्यालयले प्लाज्माको सम्भावनाका बारेमा देशव्यापी अध्ययनको नेतृत्व गरिरहेको छ ।

‘यो आफैमा उपचार पक्कै होइन, तर यो रोगको गम्भीरतालाई कम गर्ने एक तरिका हो’, हेन्डरसनले भने । चिकित्सकहरुलाई अद्यापि कोरोनाभाइरसबाट निको भएका व्यक्तिको एन्टिबडीले कहिलेसम्म काम गर्दछ भन्ने थाहा छैन ।

तर अहिलेका लागि, ‘तिनीहरू सडकमा सबैभन्दा सुरक्षित व्यक्तिहरू हुन्’” सियाटलमा ब्लडवर्क नर्थवेस्टका डा रेबेका हेलीले बताए । यो संस्थाले रक्तदाताको पहिचान गर्दछ । ‘हामी उनीहरूबाट एन्टिबडी प्राप्त गर्न दबाब भने दिँदैनौं ।’

गत हप्ता, अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडिए)ले अस्पतालहरूलाई सम्भावित प्लाज्मा प्रयोग कसरी गर्ने भन्ने बारेमा एउटा निर्देशिका नै जारी गरेको छ । एफडिएले हरियो बत्ती बाल्नासाथ ह्युस्टन मेथोडिष्ट अस्पताल र माउन्ट सिनाई अस्पतालले प्लाज्माको प्रयोगको सम्भावना खोज्न थालेका छन् ।

निराश मानिसहरु आफ्ना बिरामी प्रियजनको जीवन बचाउन रक्तदातालाई अनुरोध गर्दै सामाजिक सञ्जालमा सोध्न थालेका छन् । मिसिगन स्टेट युनिभर्सिटीका अनुसार एक हजारभन्दा बढी व्यक्तिले नेसनल कोविड–१९ कन्भलेसेन्ट प्लाज्मा प्रोजेक्टमा प्लाज्मा दान गर्नेगरी हस्ताक्षर गरेका छन् । प्लाज्मा दान र अनुसन्धानलाई प्रोत्साहित गर्न दर्जनौं अस्पतालहरूले मिलेर उक्त समूह गठन गरिएको हो ।

निको भएका र रक्तदान गर्न चाहने दाताहरू रक्तदान केन्द्रमा आउनै पर्छ भन्ने छैन । सर्वप्रथम उनीहरुले आफूलाई कोरोनाभाइरस नभएको प्रमाणित गर्नु पर्दछ । त्यसका लागि उनीहरुको केही हप्ता परीक्षण गरी भाइरस नरहेको सुनिश्चित गरिने छ । तिनीहरू रक्तदानका लागि अन्य आवश्यकताहरू पूरा गर्न पर्याप्त स्वस्थ पनि हुनु पर्दछ ।

साथै उनीहरूको एन्टिबडीको स्तर पर्याप्त छ कि छैन भनेर जाँच गर्न थप परीक्षण लिइन्छ । ‘तपाईं त्यस्तो व्यक्तिबाट प्लाज्मा लिन सक्नुहुन्न जसको औसत रोग–प्रतिरोधात्मक क्षमता छ । त्यो सहयोगी हुने छैन’, राष्ट्रिय स्वास्थ्य इन्स्टिच्यूट (एनआइएच) की डा जुली लेजरवुडले भने ।

चिनियाँ चिकित्सकहरूले गत हप्ता कन्भलेसेन्ट प्लाज्मा दिएका पाँच जना बिरामीमा केही हप्ता पछि केही सुधार भएको बताएका छन् । तर तिनीहरूलाई अन्य थेरापी पनि दिइएको थियो, र व्यापक अध्ययन बिना प्लाज्माले काम गरेको छ छैन भन्न सकिन्न ।

कन्भलेसेन्ट प्लाज्माले काम गरेको छ छैन भन्ने जाँच्न बिरामीहरूको नियमित हेरचाह, परीक्षण गर्ने योजना अघि बढाइएको छ । अर्कोतर्फ, एनआइएच अनुसन्धानकर्ताहरूले कोरोनाबाट बाँचेकाहरुको एन्टिबडी स्तर मापन गर्दैछन् । बेइजिङको सिंघुवा विश्वविद्यालयमा अन्य टोलीहरूले प्लाज्माको प्रयोग मार्फत् एन्टिबडी बनाउन र त्यसलाई औषधिमा राख्न सकिने वा नसकिने भन्दै अध्ययन गरिरहेका छन् ।

तर टिफानी जस्ता व्यक्तिहरूले गर्ने रक्तदानलाई रक्त केन्द्रहरूले कति चाँडो प्रशोधन गर्न सक्छन् भन्नेमा पनि निर्भर हुनेछ । मार्चको पहिलो हप्ता उहाँ बिरामी पर्नु भएको थियो । उनलाई शुरुमा ज्वरो आएको थियो । उनलाई श्वास फेर्न कठिन हुनुका साथै लामो श्वास लिँदा छातीको दुःखाई अनुभव भएको थियो । एकल आमा टिफानीलाई आफ्ना ९ र १६ वर्षका छोराहरुको चिन्ता थियो ।

‘मलाई मेरो बाथरूमको भुइँमा रोइरहेको र प्रार्थना गरेको याद छ’, ३९ वर्षीया टिफानीले सुनाइन् । त्यसपछि उनी परीक्षण र उपचारका लागि माउन्ट सिनाई अस्पताल गइन् । उनी अस्पतालमा ठीक भइन्, र अस्पतालले रक्तदान गर्नुहुन्छ भनी उनलाई सोध्यो । उनले अस्पतालको अनुरोधलाई तत्कालै स्वीकारिन् । ‘यो अरू कसैका लागि आशाको एक प्रकाश हो’, उनी आफ्नो रगतले अरुको जीवन बाँचेको खबर सुन्न व्यग्रताका साथ पर्खिरहेकी छन् । रासस–एपी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७