बराह मेयर कपको उद्घाटन खेलमा बेलबारी फुटबल क्लब विजयी


१ माघ २०७४, सोमबार
meyar cup 2

भरौल : सुनसरीको बराह नगरपालिकामा एभरेष्ट फुटबल क्लब भरौलको आयोजनामा बराह मेयर कप आइतबारबाट सुरु भएको छ ।meyar cup 2

भरौलको एभरेष्ट फुटबल क्लबको खेल मैदानमा सुरु भएको ‘प्रथम मेयर कप ’ को उद्घाटन खेलमा बेलबारी फुटबल क्लब मोरङ विजयी भएको हो । ब्वाइज फुटबल क्लब इटहरीलाई शून्यको विरुद्ध एक गोलको अन्तरले मोरङको बेलबारी फुटबल क्लब विजयी भएको हो ।
यहाँ कर्ण लिम्बुको १ मात्र गोल खेलका लागि निर्णायक बन्यो । खेलको ६० मिनेटको समयमा खेलमा दुवै तर्फबाट गोल हुन नसकेपछि खेलको अतिरिक्त समयको २ औ मिनेटमा बेलबारी फुटबल क्लबका जर्सी नम्बर १४ का कर्ण लिम्बुले १ गोल गरेर टिमलाई विजयी बनाउन सफल भएका थिए ।
खेलमा म्यान अफ द म्याच बेलबारी फुटबल क्लबका जर्सी नं १४ कै कर्ण लिम्बुलाई २ हजार ५ सय रुपियाँ र ट्रफी प्रदान गरिएको छ । बराह नगरपालिकाको प्रथम मेयर कपको प्रथम पुरस्कार १ लाख १ हजार र दोस्रो पुरस्कार ५१ हजार रुपियाँ रहेको मेयर कपका अध्यक्ष मधुसुदन भट्टराईले जानकारी दिए ।
सोमबार पूर्व क्षेत्रीय तालिम केन्द्र रानी बिराटनगर र राजाबास फुटबल क्लब सुनसरी राजावास बिच प्रतिस्पर्धा हुनेछ । म्यान अफ दि म्याच खेलको प्रत्येक दिनमा २ हजार ५ सय र फाइनलमा ३ हजार प्रदान गरिने साथै हाइस्कोर ल्याउनेलाई ७ हजार रुपियाँ, बेस्ट किपर ५ हजार ,प्लेयर अफ द टुरामेन्ट १० हजार प्रदान गरिने आयोजकले जानकारी दिएको छ

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७