दिउँसो ४ बजे मन्त्रिपरिषद् बैठक बस्दै


२२ चैत्र २०७६, शनिबार
Cabinet Meeting 20200329123558

काठमाडौं, २२ चैत । आज (शनिबार) अपरान्ह् मन्त्रिपरिषद वैठक बस्दैछ । सरकारले घोषणा गरेको लकडाउनको समीक्षा र स्वास्थ्य सामग्री खरिदलगायतका विषयमा छलफल गर्न शनिबार ४ बजे बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्ने भएको हो ।

सरकारले चैत २५ सम्म लकडाउन घोषणा गरेको अवस्थामा यसलाई निरन्तरता दिने/नदिने बारेमा पनि मन्त्रिपरिषदमा छलफल हुने स्रोतले जानकारी दिएको छ । चैत ११ गतेदेखि एक हप्ताकाे लागि गरेकाे लकडाउन सरकारले एक हप्ता बढाएकाे थियाे । 

त्यसैगरी स्वास्थ्य सामग्री खरिदका सम्बन्धमा पनि आजको बैठकमा छलफल हुने भएकाे छ । आर्थिक घोटालासम्बन्धी चर्काे विवादपछि सरकारले ओम्नी बिजनेस कर्पोरेट इन्टरनेसनल प्रालि (ओबीसीआई) सँगको स्वास्थ्य उपकरण खरिद सम्झौता रद्द गरेको  थियाे ।    

यस्तै बैठकमा अरू अन्य नियमित एजेण्डामाथि छलफल हुने बालुवाटार स्रोतले जानकारी दिएको छ ।

याे पनि पढ्नुहाेस्
कोरोनाबाट ज्यान गुमाउने ५९ हजार १४१ पुगे, ११ लाख हाराहारी संक्रमित

छैटौँ नेपालीमा कोरोनाभाइरसको सङ्क्रमण

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७