नेपालमा भेटियो थप तीन जनामा कोरोना संक्रमण, संक्रमितको संख्या नौं पुग्यो


२२ चैत्र २०७६, शनिबार
latest News nayapage1 scaled

काठमाडौं, २२ चैत । नेपालमा नयाँ तीन जना व्यक्तिमा काेराेना भाइरस (काेभिड-१९) संक्रमण देखिएकाे छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  थप तीन जनामा संकमण भएकाे  जनाएको छ।  

भारतको मुम्बईबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूष,  कैलालीको ३४ वर्षीय एक महिला,  र भारतकाे उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूमा  कोरोना भाइरस पुष्टि भएको छ।

३४ वर्षीय एक महिला यसअघि कैलालीमा संक्रमित भेटिएका पुरूषको आफन्त रहेका जनाएकाे छ । याे सँगै पहिलो पल्ट नेपाल भित्रै अर्को व्यक्तिमा संक्रमण देखिएकाे  हाे

‘थप तीन जनामा कोरोना संक्रमण भेटिएको जानकारी दिंदै स्वास्थ्य मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्कीले भने, ‘धनगढीमा उपचार गराइरहेका संक्रमितकी भाउजूलाई संक्रमण भएको हो ।’

यसअघि देखिएकाे संक्रमण  सबै विदेशबाट आएका नेपालीहरु थिए । यो ‘लोकल स्ट्रान्समिसन’ हो, जसलाई कोरोना संक्रमणको दोस्रो चरणमा मानिन्छ । तेस्रो ‘कम्युनिटी ट्रान्समिसन’ हो, जसले महामारीको चरणमा पुर्याउँछ । 

कोरोना संक्रमित ३४ वर्षे पुरुषकी भाउजुलाई कोरोना भाइरसको लक्षण देखिएपछि शनिबार बिहान धनगढी हसनपुरको घरबाटै अस्पताल ल्याइएको सेती प्रादेशिक अस्पतालका आकस्मिक विभाग प्रमुख डाक्टर जगदिश जोशीले बताएका छन् ।

सेती प्रादेशिक अस्पताल धनगढीका अनुसार तीनै जना आइसोलेसनमा छन्। उनीहरूको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ। 

हाल उनलाई अस्पतालको आइसोलेसनमा राखिएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ पुगेको छ ।

पहिलो कोरोना संक्रमित व्यक्ति भने उपचारपछि निको भइसकेका छन् । दोस्रो संक्रमित व्यक्ति काठमाडौंकी १९ वर्षीया युवती हुन् । उनी फ्रान्सबाट दोहा हुँदै कतार एयरवेजको क्यू आर ६५२ जहाजबाट काठमाडौं आएकी थिइन् ।

उनमा चैत १० गते कोरोना संक्रमण पुष्टि भएपछि सरकारले देशभर लकडाउन घोषणा गरेको थियो । तेस्रो धादिङको, चौथो धनगढीको, पाँचौं बाग्लुङको र छैठौ पनि बाग्लुङकै ६५ वर्षीय वृृद्धामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७