एनआरएन दक्षिण कोरियाले चार हजार किटसहित एक करोड बराबरकाे स्वास्थ्य सामग्री पठाउँदै


२२ चैत्र २०७६, शनिबार
coronavirus test kit


काठमाडौं, २२ चैत । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए)  दक्षिण काेरियाले चार हजार कोरोना भाइरस परिक्षण सामाग्री (किटस्) नेपाल पठाउने तयारी गरेको छ ।

‘एक नेपाली एक हेल्थ किट अभियान’ अन्तर्गत गत जम्मा भएको रकम बाट कोरोना संक्रमण भए नभएको चेक गर्ने प्रभाबकारी हेल्थ किट नेपाल किनेर पठाउने काम अन्तिम चरणमा रहेको विज्ञप्ती जारी गरि जानकारी दिएकाे छ । तीन दिनसम्म संचालन भएको राहत संकलन अभियानबाट करिव एक करोड ४० लाख आसपासमा नेपाली रकम जम्मा भएको थियो ।

दुुई हजार किट संकलन गर्ने उदेश्यका सुरु भएकोे अभियानमा नेपालीहरुको उत्साहजनक सहभागीता कारण रकम संकलन गरि सामाग्रीहरु पठाउन तयार भएको एनआरएनका उपाध्यक्ष सन्जिब राईले जानकारी दिए ।

उनले भने,‘ एक व्यक्ति एक किटस अभियानका साथ २००० व्यक्ति बराबरी किटस् पठाउने गरि अभियान सुरुवात गरेको थियौं, यस अभियानको यहाँ रहनुुभएका नेपालीहरु ठुलो समर्थन र सहयोग रह्यो । अहिले हामी सामान खरिद गरेर पठाउने प्रक्रिया सुरु गरिसकेका छौँ । उठेको सम्पुर्ण रकमको सामाग्री खरिद गरी नेपाल पठाउनेछौँ । ’

उनले किटस विश्व स्वास्थ्य संगठनद्धारा मान्यता प्राप्त रहेको युरोप, अमेरिका लगायतका देशमा प्रयोग गरिरहेको गुणस्तरको रहेको र सम्पुुर्ण खरिद प्रक्रिया पारदर्शि रहेको बताए । उनले उठेकाे सम्पुर्ण रकम तथा खरिद प्रक्रियाकाे  विवरण  चाँडै सार्वजनिक गर्ने पनि बताए ।

 एनआरएनए दक्षिण कोरियाले ४ हजार किट किन्ने सम्झौता सम्पन्न भइसकेकाे जानकारी दिए । किनेको सामान २४ घण्टा भित्र फेरि सुरक्षित तरिकाले भण्डारण गर्नुपर्ने भएकाले हाल उत्पादक कम्पनी (एसइइजिइइएन) मै भण्डारण गरि राखिएको छ । 

कोरियन एयरको सौल काठमाडौ चार्टर्ड उडान तालिका निश्चित भए सँगै किटस् नेपाल सरकारलाई बुझाउने प्रतिबद्धता समेत बिज्ञप्तीमा भनिएकाे छ । कोरोना भाइरस संक्रमण भए नभएको तीन घण्टामै रिजल्ट दिन सक्ने कोरियन किट नेपाल पठाउन समयमै प्रक्रिया पुरा गरे पनि विमानस्थल पुर्ण रुपमा अबरुद्ध हुदा ढिला भएको पनि एनआरएनए दक्षिण कोरियाले सबैलाइ स्मरण गराएको छ ।

यस्तै किटस् खरीद पश्चात बाँकि हुन आएको संकलित सहयोग रकम मार्फत कोभिड–१० परिक्षणका लागि आवश्यक परिक्षण सामग्री तथा उपकरणहरु चीनमा खरिद गरीसकिएको जनाएको छ । ती सामाग्री आज(शनिबार) चीनमा रहेको ‘कन्सुुलेट जेनेरल अफ नेपाल इन गुन्जाओ’मा हस्तान्तरण   गरिनेछ । त्यहाँबाट नेपाल सरकारले आगामी नेपाल वायु सेवा निगमको चार्टर्ड विमान मार्फत नेपाल आइपुुग्नेछ ।

चीनबाट आउने समाग्रीमा गाउन पीपीइ सेट, २००० थान, एन–५ मास्क दस हजार थान, सर्जिकल मास्क २० हजार, गगल्स दुुई हजार, प्रोटेक्टिङ भाइजर दुुई हजार, ग्लोब १० हजार र आइआर थर्मोमिटर पाँच सय थान रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७