नेपालमा कोरोना भाइरस ‘सङ्क्रमण दोस्रो चरण’ अर्थात् संकटको नयाँ अध्याय


२२ चैत्र २०७६, शनिबार
Corona Nepal

काठमाडौं, २२ चैत : काठमाडौं छिमेकी भारतबाट आएका आफन्तबाट एक महिलामा कोरोना भाइरस (कोभिड–१९) सरेसँगै कोरोनाभाइरस ‘सङ्क्रमण दोस्रो चरण’ सुरु भएको हो । कैलालीको ३४ वर्षीया महिलालाई कोभिड–१९ सरेको हो ।

योसँगै नेपालमा कोभिड–१९ को सङ्क्रमितको सङ्ख्या ९ पुगेको छ । भारतको मुम्बइबाट फर्किएका कैलालीका २१ वर्षीय र उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूषलाई तथा कैलालीको ३४ वर्षीया महिलामा कोभिड–१९ को सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले जानकारी दिए ।

कैलालीमा सङ्क्रमण भएको पुष्टि भएका व्यक्तिको परिवारकी एक सदस्यलाई कोरोनाभाइरस भएको पाइएपछि नेपालमा पहिलो पटक स्थानीय रूपमा सङ्क्रमण सरेको पुष्टि भएको भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

तीनै जनाको अहिले धनगढीस्थित सुदूरपश्चिम प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । यसअघि विदेशबाट आएकालाई मात्रै कोभिड–१९ को सङ्क्रमण देखिएपनि पहिलो पटक नेपालभित्र कै महिलामा सङ्क्रमण देखिएको हो ।

नेपालमा पहिलो पटक गत माघ ९ गते चीनबाट नेपाल आएका विद्यार्थीमा कोभिड–१९ को सङ्क्रमण देखिएको थियो । उनी निको भई घर फर्किसकेका छन् । अन्य सङ्क्रमितको भने आइसोसेलनमा राखि उपचार भइरहेको छ ।

खतराको घन्टी
भारतबाट आएकाबाट कोरोना सरेसँगै थप खतराको घन्टी सुरु भएको हो । नेपालमा अहिलेसम्म भेटिएका कोरोना संक्रमित सबै जना विदेशबाट आएका मात्रै देखिएको भन्दै महामारीको रुप लिने संभावना कम देखिएको सरकारी अधिकारीहरूले विश्लेषण गर्दै आएका थिए । 

यसअघि इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बासुदेव पाण्डेले नेपालमा देखिएका कोरोना संक्रमित सबै आयातित भएकाले महामारी फैलिने सम्भावना कम रहेको बताएका थिए । तर, शनिबार कोरोना सरेको पुष्टी भएको छ ।

स्वास्थ्यमन्त्रीका विज्ञ सल्लाहकार डा. खेम कार्कीलेका अनुसार स्थानीय स्तरमा भाइरस सरेको पाइएपछि विश्वव्यापी महामारी बनेर फैलिएको कोभिड–१९ नेपालमा दोस्रो चरणमा प्रवेश हो ।

१० चैतमा सरकारले कोरोना भाइरसको संक्रमण फैलिन नदिन देशलाई ‘लकडाउन’ गरेको थियो। संक्रमित मध्येका एक युवा कैलालीको गौरीफन्टा नाका भएर फर्किएको खुलेको छ । चैत ११ गते नेपाल प्रवेश गर्नुपर्ने माग गर्दै गौरीफन्टामा नाराबाजीमा उत्रिएको भीडमा उनी पनि सहभागी रहेको प्रहरीले जनाएको छ । त्यो नाराबाजीमा कम्तीमा हजार बढी सहभागी थिए ।

उनीसँगै नाका गौरीफन्टामा अलपत्र परेका ९ सय ९९ जनालाई प्रहरीले २१ वटा बसमार्फत घर पठाएको थियो । ११ गते साँझ नै लम्की पुगेका उनलाई १२ गते बिहान मात्र लम्कीचुहा नगरपालिका–९ को प्रतापपुर सरस्वती माविको क्वारेन्टाइनमा राखिएको थियो। उनको निगरानीमा संलग्न स्वास्थ्यकर्मीका अनुसार १२ गते बिहान घरबाटै युवकलाई क्वारेन्टाइनमा ल्याइएको थियो।

उनको थ्रोट स्वाबको नमूना संकलन गरी परीक्षणका लागि काठमाडौं पठाइएको थियो। शनिबार रिपोर्ट पोजेटिभ आएको सार्वजनिकपछि उनलाई एम्बुलेन्सबाट सेती प्रादेशिक अस्पताल लगिएको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७