संकटमा साहरुखको सहयोग : क्वारेन्टाइन बनाउन दिए चार तले आफ्नै कार्यालय


२३ चैत्र २०७६, आईतवार
SRK AFP 1200x900 1

काठमाडौं, २३ चैत । विश्वव्यापी महामारी कोरोना (कोभिड–१९) भाइरसविरुद्ध लड्न सरकार एक्लैले काम गरेर हुँदैन । नागरिकले पनि आफ्नो ठाउँबाट सक्ने सहयोग मन खोलेर गर्नु पर्छ ।

बलिवुड वादशाह शाहरुख खानले कोरोनाविरुद्ध लड्न सरकारलाई सहयोग गरेका छन् । उनले आफ्नो चार तले भवनमा क्वारेन्टाइन बनाउन सरकारलाई प्रस्ताव गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

बालबालिका, महिला र वृद्धवृद्धाको रेखदेखको लागि शाहरुख खानले आफ्नो कार्यालयको चार तले भवनलाई क्वारेन्टाइन बनाउने प्रस्ताव घोषणा गरेको खबरमा उल्लेख छ ।

बृह्नमुम्बई महानगरपालिकाले आफ्नो आधिकारिक ट्वीटर ह्याण्डलबाट यो जानकारी दिएको भए पनि खान दम्पतीले भने आफ्नो कुनै पनि सामाजिक सञ्जालमा यसबारेमा केही लेखेका छैनन् ।

शाहरुख खानले यसअघि गएको बिहीबार आफ्नो कम्पनीको समूहसँग मिलेर सहयोगको हात बढाएका थिए । सरकारी कोषदेखि ५० हजार पीपीई किट, मुम्बईका पाँच हजार पाँच सय परिवारलाई खाद्य सामग्री, १० हजार जनालाई तीन लाख भोजन किट लगायत सहयोग गर्ने घोषणा गरिसकेका छन् ।

भारतमा कोरोना भाइरसको प्रकोप बढेसँगै विभिन्न कलाकार तथा व्यापारीहरुले सहयोग गरिरहेका छन् । अहिले भारतीय कलाकारहरुले कोरोनाविरुद्ध लड्न सरकारलाई धमाधम आर्थिक सहयोग समेत गरिरहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७