मजदुर र विपन्नलाई निःशुल्क खाना खुवाउँदै विराटनगरका युवा


२३ चैत्र २०७६, आईतवार
biratnagar

विराटनगर, २३ चैत । सरकारले विश्वव्यापी महामारी कोरोना (कोभिड–१९) भाइरसको संक्रमण फैलिन नदिन देशभर लकडाउन आदेश जारी गरेको छ ।

आज (आइतबार) लकडाउनको १३ औं दिन पूरा भइसकेको छ । नेपालमा नौं जनामा कोरोना संक्रमण देखिइसकेको अवस्थालाई मध्यनजर गर्दै लकडाउनलाई पथ कडा बनाउँदै लगेको छ । सरकारले हिजो मात्र एक गाउँपालिकाबाट अर्को गाउँपालिका आउजाउमा समेत बन्देज लगाएको छ ।

help 2
सरकारले कोरोना भाइरस संक्रमण फैलिन नदिन लकडाउन आदेश जारी गर्नु देश र देशबासीका लागि सकारात्मक काम भए पनि लकडाउनको असर सबै भन्दा बढी विपन्न र मजदुरहरुलाई परेको छ । ज्याला मजदुरी गरी विहान–बेलुकीको गुुजारा चलाउँदै गएका विपन्न मजदुरको चूल्होमा आगो बल्न छाडेपछि मोरङ्ग बिराटनगरका युवाहरु उनीहरुको सहयोगमा जुटेका छन् ।

कोरोनाविरुद्धको सरकारको लडाईमा साथ दिंदै विराटनगरका युवाहरुले विपन्न मजदुर र वेसहाराहरुलाई निःशुल्क ६ दिनदेखि १३५ जना भन्दाबढिलाई खाना खानेको व्यवस्था मिलाएको छ ।  विराटनगरका विभिन्न सडकपेटीमा बस्दै आएका एक सय भन्दा बढी बेसहारा, मजदुर र विपन्नलाई अहिले विहान–बेलुकै निःशुल्क खानाको व्यवस्था मिलाइरहेको विराटनगरका सामाजिक अभियन्ता तथा युवा नेता वसिम आलमले नँया पेजलाई जानकारी दिए ।

लकडाउनका समयमा मजदुर, विपन्न समुदाय र असहायहरु भोकभोकै बसिरहेको देखेपछि आलमकै अगुवाइमा विराटनगरका युवाहरु पेरिस सुवेदी, भूषण लिम्बू, दिपेन मरिक, पप्पु अन्सारीलगायतले निःशुल्क खाना खुवाउने अभियान थालेका हुन् ।

help 5

संकटको घडीमा विपन्न र असहायको सहारा बनेका युवा नेता वसिम आलम भन्छन्, ‘शुरुमा हामी आफैंले पैसा उठाएर खाना खुवाएका थियौं । अहिले चामल र दाल सहयोग आएको छ ।’
उनका अनुसार पप्पु अन्सारीले सञ्चालन गर्दै आएको रोयल विर्यानी हाउसमा खाना पकाएर वितरण गरिंदै आएको छ । प्रत्येक दिन बिहान ९ बजे र बेलुका जनपथ टोलका युवाहरुको सहयोगमा खाना वितरण गरिने आलमले जानकारी दिएका छन् । सडकमा बसिरहेकाहरूलाई उनीहरू रहेकै स्थानमा लगेर खाना दिने गरिएको छ । ‘खाना पकाउन पप्पुले होटल र स्टाफ दिएका छन्, लकडाउन अवधिभर खाना खुवाउने योजना भएको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७