संकटपूर्ण घडीमा मेयर रिना साहको साहसी पहल


२३ चैत्र २०७६, आईतवार
rina

रौतहट, २३ चैत । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण (कोभिड–१९) को सन्त्रास एवम लकडाउनले सर्वसधारण पीडित भईरहेका छन् ।

कोरोना भाइरसको सन्त्रास तथा देशमा लकडाउनको संवेदनशील एवं संकटपूर्ण समयमा रौतहटको मौलापुर नगरपालिकाका मेयर रिना साहले सर्वसधारणलाई सहयोग गर्न सक्रिय भएकी छन् ।

92121489 1134724896889061 1778210679241572352 n

मौलापुर नगरपालिकाका स्थानीय बिनय यादवले मेयर साहले आफ्नो निजी प्रयासमा पुरै नगरभरी स्यानिटाइज गर्ने, क्वारेन्टाइन निर्माण, लाखौको औषधि तथा स्वास्थ्य सामग्रीका साथै गरीव परिवारलाई राहत वितरण गरेको बताए ।

बिगत एक महिनादेखि नगरपालिकामा लेखाको कर्मचारी नभए पनि कोरोना भाइरसको सन्त्रास तथा लकडाउनका बेला मेयर साहले सर्वसधारणलाई सहयोग गर्न उनीहरुको घरदैलोमै पुगिरहेको उनले बताए ।

‘नगरपालिकामा लेखाको कर्मचारी बिगत एक महिनादेखि छैनन्, पुरै आर्थिक कारोवार बन्द छ’ यादवले भने, ‘लेखाको कर्मचारी नभए पनि मेयर रिना साहले यस्तो बेलामा सर्वसधारणको घरमै पुगेर राहत वितरणसहितका काममा जुटनु भएको छ ।’

mau

अर्का स्थानीय राजेन्द्र सहनीले रौतहटकै कतिपय ठाउँमा सर्वसाधारण गरीव तथा मजदुरी गर्ने पीडितहरु राहत नपाएको समयमा मौलापुरका सर्वसधारण परिवारले राहत पाउनुका साथै स्वास्थ्य सामग्री पाएकाले कुनै समस्या नरहेको बताए ।

‘नगद बिना कुनै काम गर्न नसक्ने आजको समाजमा मेयर रिनाको जनता र नगरप्रतिको समर्पण सराहनीय छ । धन्य छ मौलापुर जसले रीना साह जस्तो मेयर पाएको छ’, सहनीले भने ।

कोरोना भाइरसको सन्त्रास तथा लकडाउनको संवेदनशील एवं संकटपूर्ण समयमा प्रत्येक नागरबासीको आवश्यकता एवं चाहना अनुसार मेयर साहको सहयोग गर्ने कार्यले नगरबासीले खुशी व्यक्त गरेका छन् ।

प्रदेश–२ का स्थानीय तहमा एक मात्र निर्वाचित महिला मेयर साहले शुरुदेखि नै सर्वसाधारणलाई सहयोग गर्दै आएकाले नगरबासीमा लोकप्रिय बनेकी छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७