ट्रम्पले भारतसँग मागे मलेरियाको औषधी


२३ चैत्र २०७६, आईतवार
Medicine 1
फाइल फोटो

काठमाडौं, २३ चैत । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफूले भारत सरकारसँग मलेरिया प्रतिरोधी औषधी हाइड्रोक्सीक्लोरोक्विन अमेरिका पठाइदिन आग्रह गरेको जानकारी दिएका छन् ।

राष्ट्रपति ट्रम्पले यो औषधी कोरोनाभाइरस बिरामीको उपचारमा निकै प्रभावकारी हुनसक्ने दाबी सुझाव दिएका छन् । यद्यपि, स्वास्थ्य विशेषज्ञले कोरोना संक्रमणको उपचारमा यो औषधी प्रभावकारी हुन्छ भनेर दाबी गर्न कुनै आधिकारिक रिपोर्ट नभएको बताउने गरेका छन् ।

भारतले संसारभरी यो औषधी निर्यात गर्दै आएको छ तर आजकाल यो औषधीको निर्यातमा रोक लगाइएको छ । यदि कोरोनाको संक्रमण तीब्र रुपमा फैलियो आफ्ना जनताका लागि नै यो औषधीको आवश्यकता पर्ने भारतले अनुमान गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७