शिवम् सिमेन्ट्सद्वारा विपन्न ३८० परिवारलाई खाद्यान्न सहयाेग

आइसोलेसनसहितको क्वारेन्टाइन बनाउन आर्थिक सहयोग


२३ चैत्र २०७६, आईतवार
shivam cement 2

हेटाैडा, २३ चैत । शिवम् सिमेन्ट्स लिमिटेडले ग्रामीण क्षेत्रका विपन्न परिवारमा खाद्यान्न वितरण तथा क्वारेन्टाइनमा रहेकाको लागि १० वटा आइसोलेसन बेड बनाउन आर्थिक सहयोग गरेको छ ।

कोरोना भाइरस (कोभिड–१९)को जोखिमसँगै सरकारले गरेको लकडाउनको समयमा सिमेन्टले आफ्नो सामाजिक उत्तरदायित्व वहन गर्दै मकवानपुर स्थित उद्योग परिसर वरीपरी रहेका हेटौंडा उप–महानगरपालिकाका वार्ड नं. ६, १६ र १७ मा सोही वडाका जनप्रतिनिधिहरु संगको समन्वयमा ३८० घर परिवारलाई खाद्यान्न वितरण सम्पन्न गरेको हो ।

यसका साथै मकवानपुर गढी गांउपालिकामा आइसोलेसनसहित १० बेडको क्वारेन्टाइन बनाउनसमेत आर्थिक सहयोग उपलब्ध गराईएको छ ।

केही दिन देखी देशमा जारी लक डाउनका कारण सबै नेपालीको दैनिक जीवन नराम्ररी प्रभावित बनाएको छ । कोभिड १९ को संक्रमण फैलने क्रमलाई नियन्त्रण गर्न लक डाउनमात्र एक उपाय भएकोले यो अझलम्विन सक्ने सम्भावना देखिएको छ ।

 लकडाउनबाट दैनिक ज्यालादारी गरी गुजारा गर्ने तल्लो तहका नागरिक र तिनका परिवार सबै भन्दा पीडित हुने र दैनिक हात मुख जोर्न नै कठिन हुने अवस्था सिर्जना भएकोले क्षेत्रका उक्त परिवारहरुको दैनिकी सहज होस् भनि खाद्यान्न वितरण गरिएको तथा आगामी दिनहरुमा समेत स्थानियतहसंगको सहकार्यमा सहयोगको कार्यलाई निरन्तरता दिने उद्योग प्रमुख नवल किशोर चौधरीले बताए ।

यसैगरी उनले  शिवम सिमेन्ट नोबेल कोरोनाभाईरस(कोभिड १९)को महामारीबाट जोखिन्न सरकारले जारी गरेको निर्देशन मान्न पनि अनुरोध गरेको छ । उनले भने,‘‘हामीले भोगेका संकट भन्दा भिन्न र विशेष किसिमको महासंकट हो र यसका विरुद्ध सरकारबाट भैरहेको पहलका वावजुद महामारीको रोकथामका लागि तपाई हामी सबैको उतिक्कै योगदानको खाँचो छ । तसर्थ विश्व स्वास्थ्य संगठन तथा नेपाल सरकारले जारी गरेका निर्देशनहरुको पुर्ण पालना गरी आफु बाचौं र अरुलाई पनि बचांऔं ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७