मानव जातिको रक्षार्थ उच्च मनोबल र दृढ इच्छाशक्तिको साथ कार्यक्षेत्रमा जुटौं : नर्सिङ्ग परिषद्


२३ चैत्र २०७६, आईतवार
Nepal Nursing Council

काठमाडौँ, २३ चैत :  नेपाल नर्सिङ्ग परिषद्ले कोरोनाभाइरस (कोभिड–१९) विश्वव्यापी महामारी विरुद्ध उच्च मनोबल र दृढ इच्छा शत्तिको साथ काम गर्न नर्सिङ्ग तथा मिडवाइफ क्षेत्रका स्वास्थ्यकर्मीहरुलाई अपिल गरेको छ । कोरोनाभाइरस (कोभिड–१९) विरुद्धको लडाई मानव जातिको रक्षाको लडाई भएको उल्लेख गर्दै उच्च सतर्कता सहित कार्यक्षेत्रमा खट्न परिषद्ले अपिल गरेको हो ।

परिषद्की रजिष्ट्रार विन्दा घिमिरेले आइतबार विज्ञप्ति जारी गर्दै नर्सिङ्ग तथा मिडवाइफ क्षेत्रका स्वास्थ्यकर्मीहरुले ‘हामी आफू बाँचौं र अरूलाई बचाऔं’ भन्ने भावनाको साथ कार्य क्षेत्रमा डटेर लाग्नुपर्ने अवस्था आएको बताएकी छिन् । कोभिड–१९को कारण ठूलो त्रासदी र पीडादायी अवस्थाबाट गुज्रिरहेको मानव समाजको रक्षाको निम्ती यो क्षेत्रले आफ्नो अधिकतम् योगदान दिनुपर्ने अवस्था आएको उनको भनाई छ ।

रजिष्ट्रार विन्दा घिमिरेले आजको विषम परिस्थितिमा पनि नर्सिङ्ग एवम् मिडवाइफ जनशक्तिहरुले अहोरात्र कार्यक्षेत्रमा खटेर महत्वपूर्ण योगदान गरीरहेको भन्दै अझै थप धर्यता र समपर्णको साथ कार्यक्षेत्रमा खट्न अपिल गरेकी छिन् । रजिष्ट्रार घिमिरेले पेशागत आचारसंहिता पालना गरेर पेशाको मर्यादालाई उच्च राख्नु पर्ने बताएकी छिन् ।

विज्ञप्तिमा भनेकी छिन्, ‘मानवमाथिको यो ब्रजपातको यो युद्धमा उच्च मनोबल र दृढ इच्छाशक्ति लिई क्रियाशिल रहि आफ्नो सामथ्र्यको प्रर्दशन गरी विजयको शंखनाद गर्ने अवसरको रुपमा परिणत गर्न पनि हामी सबैलाई अपिल गर्दछौं ।’

नर्सिङ्ग पेशाको आदर्श फ्लोरेन्स नाइटिङ्गेलले युद्धको समय समयमा ज्यानको बाजी लगाएर काम गरेको उल्लेख गर्दै रजिष्ट्रार घिमिरेले सबै एकजुट कार्यक्षेत्रमा खट्न अपिल गरेकी छिन् । विज्ञप्तिमा विज्ञप्तिमा भनिएको छ,‘कोभिड–१९ को महासंकट मोचनको यस युद्धमा सम्पूर्ण नर्सिङ्ग, मिडवाईफ व्यवसायीहरू र अन्य स्वास्थ्यकर्मीहरू एकजुट भई क्षमता र दक्षता प्रदर्शन गर्नका लागि नर्सिङ्ग परिषद् आह्वान गर्न चाहन्छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७