ऋण काढेर गाउँमा खेल मैदान


१ माघ २०७४, सोमबार
mai

इलाम : गाउँका युवामा खेलप्रतिको चासो र मोह बढ्दै गएपछि इलामको रोङ्ग गाउँपालिकाको थर्पु बजार नजिकैको गाँजेमा ऋण काढेर खेल मैदान बनाइएको छ ।mai

स्थानीय रम्भ्याङ्ग स्पोर्टिङ्ग क्लव र मैदान निर्माण समितिले मैदान निर्माणको अगुवाइ गरेपछि अहिले गाउँ तहमा आयोजना हुने विभिन्न कार्यक्रम र खेल गतिविधि गर्न सजिलो भएको छ । सात बर्षअघि २५ हजार रुपैंयाँको भाऊमा दुइ रोपनी जग्गा खरिद गरेर कामचलाऊ मैदान बनाई खेल गतिविधि चलाउन थालिएको थियो । खेल मैदान साँघुरो भएपछि मैदान विस्तारका लागि निर्माण समिति नै गठन गरेर स्पोर्टिङ्ग क्लवले अगुवाइ ग¥यो । अहिले स्थानीय बालबालिका खेल्नदेखि गाउँघरमा आयोजना कार्यक्रमहरुका लागि सहज स्थान बनेपछि निर्माण समिति भने ऋणको भार थिचिएको छ ।

मैदानको स्तरोन्नति गर्ने हुँदा निमार्ण समिति र रम्भ्याङ्ग स्पोटिङ्ग क्लको थाप्लोमा अहिले तीन लाख ५१ हजार सात ऋण रहेको क्लबका सचिव युवराज आर्चायले सुनाए । ८५ मिटर लम्वाइ र ३२ मिटर चौडा खेल मैदान निर्माण गर्दा ऋण परेको आचार्य बताउँछन् ।
अहिले पूरानो दुई रोपनी जग्गामा तीन रोपनी १२ आना थप गरी खेल मैदान बनाइएको छ । खेल मैदान निर्माणका बेला लागेको ऋण तिर्नका लागि साप्ताहिक रुपमा शनिबारको दिन एक दिवसीय खेलकूद प्रतियोगिता आयोजना गरी रकम बचत गर्ने गरिएको भए पनि यसरी संकलित रकमले ऋण तिर्न समस्या भइरहेको सचिव आचार्य बताउँछन् ।

जिर्मले भारतीय सीमा नजिकको गाउँ हो । यहाँ खेलकुद पर्यटनको विकासका लागि विभिन्न् प्रयासहरु भइरहेका छन् । भारत दार्जिलिङ्गदेखिका खेलाडीहरु नेपालका विभिन्न गाउँहरुमा आएर विभिन्न खेलकुद प्रतियोगितामा भाग लिने गरेका छन् ।
पछिल्लो समय खेल पर्यटनको सम्भावना देखिएको बेला निर्माण भएको यस मैदानका कारण निर्माण समितिलाई लागेको ऋण तिर्नका लागि सहयोग जुटे आफूहरुलाई राहत मिल्ने क्लवका अध्यक्ष जीवन चाम्लिङ्ग बताउँछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७