इलाम-१ बाट चुनाव लड्ने झलनाथ खनालको उद्घोष


१९ आश्विन २०७४, बिहीबार

JN Khanal

इलाम, १९ असोज :  एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले आगामी मंसिर महिनामा हुने प्रतिनिधिसभा निर्वाचनमा इलाम क्षेत्र नं १ बाट चुनाव लड्ने उद्घोष गरेका छन् । नेता खनालले इलाम क्षेत्र नं १ बाटै आफूले राजनीतिक यात्रा सुरु गरेको र त्यहाँका जनताको माया पाइरहेकाले आफू त्यहीँबाट चुनावमा उठ्ने विचार व्यक्त गरे । त्यस्तै इलाम क्षेत्र नं २ बाट पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले चुनाव लड्ने घोषणा गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७