बलिउड गायिका कनिकाको पाँचौंपल्टको कोरोना रिपोर्ट नेगेटिभ


२३ चैत्र २०७६, आईतवार
kanika kapoor coronavirus main

काठमाडौं, २३ चैत । बलिउड गायिका कनिका कपुरको पाँचौंपल्टको कोरोना रिपोर्ट नेगेभिट (कोराना नभएको) आएको छ ।

पाँचौंपल्टको रिपोर्ट नेगेटिभ आएपछि कनिकाको परिवारमा थोरै भए पनि तनाव घटेको छ । तर चिकित्सकहरु भने अझै ढुक्क भइसकेका छैनन् । उनी अहिले पनि लखनउको पीपीआइ अस्पतालमा उपचारमै छिन् । दुई पटकसम्म रिपोर्ट नेगेभिट आएपछि मात्र कोरोना संक्रमण नभएकोबारे ढुक्क हुन सकिने चिकित्सकले बताएका छन् ।

कनिकामा यसअघिका लगातार चार पटकको कोरोना रिपोर्ट पोजेटिभ देखिएको थियो । पाँचौ परीक्षणमा भने उनमा कोरोनाको संक्रमण नदेखिएको एएनआईले जनाएको छ ।

गत मार्च ९ मा बेलायतबाट फर्किएकी कनिका कपुरलाई कोरोनाको संक्रमण भएको थियो । कनिकाले त्यसबेला आफनो यात्राको विषयमा जानकारी नदिएको भन्दै उनको आलोचना भएको थियो ।

उनले आफ्नो जन्मदिनमा धेरै पाहुनाहरु पनि बोलाएकी थिइन् । जब कनिकामा कोरोनाको संक्रमण पुष्टि भयो तब उक्त खबरले भारतमा ठूलो चर्चा निम्त्याएको थियो । कोरोना संक्रमित भएका मानिसको रिपोर्ट दुई पटकसम्म लगातार नेगेटिभ आउनुपर्ने भएकाले हाल उनलाई अस्पतालले डिस्चार्ज गरेको छैन । एजेन्सी

k

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७