कामना सेवाविकास बैंकद्वारा विभिन्न ठाउँमा राहत वितरण


२३ चैत्र २०७६, आईतवार
kamana bikash bank

काठमाडौं, २३ चैत । कामना सेवाविकास बैंक लिमिटेडले राहत स्वरुपचामल, दाल, चिउरा, तेल लयागतका विभिन्न खाद्य सामग्रीहरु प्रदान गरेको छ ।

बैंकले नोबेल कोरोनाभाइरस (कोभिड–१९)को जोखिमसँगै सरकारले गरेको लकडाउनका कारण दैनिक खानपानमा समस्या भएका मानव सेवा आश्रम बुटबलमा आश्रित १३० जना सडक बालबालिका तथा असहाय व्यक्तिहरुलाई सहयोग गरेको हो ।

बैंकका सञ्चालक भिम प्रसाद तुलाचन तथा बुटवल क्लष्टर प्रमुखश्री खिमलाल भुसालले संयुक्त रुपमाउक्त राहत सामग्री सेवाआश्रमका संयोजक सरु अधिकारी र सह संयोजक टीकामाया थापालाई हस्तान्तरण गरेको थियो । संयोजक अधिकारीले विपतको बेलामा बैंकले गरेको सहयोग प्रति धन्यवाद दिंदै अन्य संघ संस्थाहरुले समेत सहयोगका हात अगाडि बढाउने आशा गरे ।

यसै गरी लकडाउनको कारण दैनिक ज्यालामजदुरी गर्ने परिवार तथा न्यून आय भएका व्यक्तिहरुलाई समेत जीविको पार्जनको लागि निकै गाह्रो भएकोले उनिहरुलाई राहत प्रदान गर्नको लागि बुटवल उप–महानगरपालिका वडा नंं. ७ का अध्यक्ष कमलथापा मार्फत खाद्यान्न सामाग्री हस्तान्तरण गरिएको थियो ।

यसै गरी सुर्खेत जिल्लावीरन्द्रनगर नगरपालिका वडा नंं. ७लाई रु ६४ हजार बराबरकाचामल, दाल, नुन, तेल लगायतका खाद्य साम्रगी हस्तान्तरण गरेको छ । बैंकले वितरण गरेको खाद्यान्न सामग्रीबाट थोरै भएपनि पीडित तथा विपन्न वर्गलाई राहत मिल्ने विश्वास बैंकले लिएको छ ।

यसै गरी बैंकले आजै कपिलवस्तु जिल्ला विजयनगर गाउँपालिका वडा नंं. १ गुगौली स्थित आगो लागिबाट पीडित २५ घर परिवारलाई राहत स्वरुप लत्ताकपडा वितरण गरेको छ । यही चैत २१ गते भिषण आगो लागिबाट २५ घर जली नगद, लत्ता कपडा, भाँडाकुडासहित सम्पूर्ण सामानहरु नष्ट भएका थिए । बैंकका बुटवल क्लष्टर प्रमुख खिमलाल भुसालले उक्त राहत सामग्री वितरण गरेको थियो ।

kaman sewa bikash bank

साथै, बैंकले भण्डारखाल तथा पशुपतिक्षेत्र आसपासमा रहेका बाँदर तथा कुकुरहरुलाई स्याउ, केरा, चोकोपाई, बिस्कुट लगायतका फलफुल तथा खाद्य वस्तुहरु खुवाएकाे छ ।

जयबागेश्वरी युवा क्लबको संयोजन र सहकार्यमा बैंकका नायवमहाप्रन्धक हरी प्रसाद लम्साल लगायत अन्य कर्मचारीहरुको उपस्थितिमा फलफुल तथा खाद्य सामाग्रीहरु वितरण गरिएको थियो ।

बैंकले लगातार ५ दिनसम्म यस ठाउँमा रहेका बाँदर तथा कुकुरहरुलाई खाना खुवाउने निर्णय गरेको छ ।  लकडाउनको यस विषम परिस्थितिमा मानिसहरुमा आश्रित यि जनावरहरु खानाको अभावमा छट्पटाइ रहेका थिए ।

यस पवित्र कार्यको लागि बैंकका सम्पूर्ण कर्मचारीहरुले १ दिन बराबरको तलब योगदान गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७