२०७६ चैत २४ गते सोमबारको तपाईको राशिफल


२४ चैत्र २०७६, सोमबार
rasifal

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज सामाजिक तथा धार्मिक कृत्यमा मन जानेछ । समाज सेवातर्फ आकर्षित भइने छ । नयाँ कार्यको योजनाले आत्मिक सन्तुष्टि मिल्ने छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज कृषि क्षेत्रमा इच्छानुसार काम गर्ने मौका मिल्ने छ । व्यक्तिगत काममा पनि सफलता हात पर्नेछ । पुनर्मिलनको योग पनि रहेको छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
बोलीले रुलाई प्रभावित पारेर काम बन्न सक्छ । सांगीतिक क्षेत्रमा रुची बढ्ने छ । दूरदराजमा रहेका आफन्तसँग कुराकानी हुनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
नयाँ कार्य योजनाबाट लाभ लिन सकिन्छ । दाम, इनाम र प्रतिष्ठाको लागि सहकार्यको योजना बन्ला । साथीभाइबाट हौसला मिल्ने छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज कला र गलाको प्रभाव बढ्ने छ । मनोरञ्जन क्रियाकलापमा सहभागीता भइएला । नजिकैका व्यक्तिहरूबाट सहयोग मिल्ने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
सामाजिक क्षेत्रबाट मान सम्मान प्राप्त हुनेछ । बोलीको प्रभाव पनि बढ्ने छ । शुभकार्यको चर्चा चल्ने छ । मन परेका परिकार खान पाईने छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
मानसिक चिन्ता बढ्ने र मनमा शंका उत्पन्न रहला । स्वास्थ्य सम्बन्धि समस्याले सताउन सक्छ, खानपानमा ध्यान दिनुहोला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज सामाजिक प्रतिष्ठा कमाउने बेला छ । नाम कमाउन अनुकूल प्रयास हुनेछन् । विद्या र बुद्धिको विकास हुनेछ । संगीतमा रुची बढ्ने छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज अनावश्यक धन खर्च भई मानसिक चिन्ता वढ्ने छ । वैदेशिक क्षेत्र कमजोर नै हुनेछ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्ला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कार्य सम्पादन हुनेछ । धार्मिक, सामाजिक महत्वको क्षेत्रको भ्रमण हुनसक्छ । पारिवारिक सद्भाव बढ्ने छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
दैनिक व्यवहारमा खर्च बढ्न सक्छ । बेसुरमा काम गर्ने बानीले अप्ठ्यारोमा परिने छ । स्मरणशक्ति कमजोर राहनाले समस्या आउन सक्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
ठीक समयमा सही निर्णय लिन सकिने छ । पारिवारिक माया र सद्भाव बढ्ने छ । राजनैतिक र परोपकारमा सफलता मिल्ने छ ।

ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७