अख्तियार प्रमुख आयुक्तका पिए नै अर्बपति


प्रकाशित मिति : January 15, 2018

काठमाण्डौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत लक्ष्मण बाँस्तोलाको पद शाखा अधिकृत हो । बाँस्तोला सोझै लोकसेवा आयोग पास गरेर अधिकृत भएका होइनन् । उनी नायब सुब्बाबाट ‘पानी बढुवा’ भएका अधिकृत हुन् । आयोगमा उनी जस्ता शाखा अधिकृत ५० भन्दा बढी होलान् । तर, बाँस्तोला आयोगका उपसचिव, सहसचिव र सचिव मात्र होइन, आयुक्तहरू भन्दा शक्तिशाली मानिन्छन् । प्रमुख आयुक्त दीप बस्न्यातले ठूला मुद्दादेखि अर्थ मन्त्रालयबाट डिलिङका लागि बाँस्तोलालाई नै परिचालन गर्ने गरेको कुरा अख्तियारमा देखिने उनको हैकमले पुष्टि गर्दै आएका छन् । अर्थ मन्त्रालयमा उनलाई छायाँ प्रमुख आयुक्त भनेर चिन्ने गरिन्छ ।

प्रमुख आयुक्तको आडभरोसा प्राप्त उनी यति शक्तिशाली छन् कि अर्थ मन्त्रालयका हरेक साना काम उनको जानकारी बेगर हुन सक्दैनन् । आयुक्तहरू बाँस्तोलाका अगाडि निरीह छन् । लोकमानसिंह कार्की प्रमुख आयुक्त हुँदा डीएसपी दानबहादुर थापा र आकृति रायमाझी नामकी महिला आयुक्तहरूभन्दा शक्तिशाली थिए । दीप बस्न्यातको आगमनपछि बाँस्तोला त्यत्ति नै शक्तिशाली भएका छन् ।

पिए बाँस्तोलाले प्रमुख आयुक्तको नाम लिएर आकर्षक भन्सार र राजश्व कार्यालयमा सरुवा गर्नका लागि सूची थमाएका थिए । एक अधिकृतलाई १५ देखि २० लाख रुपैयाँसम्म लिएर उनले प्रमुख आयुक्तको नाम लिंदै सरुवाका लागि सिफारिस गरेका थिए ।

अर्थ मन्त्रालय र अन्तर्गतका भन्सार, राजश्व र आन्तरिक राजश्व विभागबाट गएको असोजमा भएको सरुवामा बाँस्तोलाको सिफारिसमा मात्र २० जना विभिन्न तहका कर्मचारी सरुवा भएको अर्थ मन्त्रालयका एक अधिकारीले बताएका छन् ।

पिए बाँस्तोलाले प्रमुख आयुक्तको नाम लिएर आकर्षक भन्सार र राजश्व कार्यालयमा सरुवा गर्नका लागि सूची थमाएका थिए । एक अधिकृतलाई १५ देखि २० लाख रुपैयाँसम्म लिएर उनले प्रमुख आयुक्तको नाम लिंदै सरुवाका लागि सिफारिस गरेका थिए । 

उनको सूचीमै परेर भन्सार अधिकृतहरू वीरेन्द्र पाण्डे र दयानन्द केसी रसुवा भन्सार कार्यालयमा सरुवा भएका थिए । भन्सार अधिकृतद्वय अर्जुन पाठक भैरहवा र सुशील थापा बिराटनगर भन्सार कार्यालयमा सरुवा भएका थिए । प्रमुख आयुक्तको सूची भनेर उनले यसै गरी २० जना भन्दा बढी सरुवा आर्थिक लेनदेनका आधारमा गरेको अर्थ मन्त्रालयका अधिकारीले बताएका छन् ।

लक्ष्मण बाँस्तोलाको दरबन्दी २ वर्षदेखि रसुवा भन्सारमा छ । उनी रसुवा भन्सारमा दरबन्दी राखी २ वर्षदेखि नै अख्तियारमा कार्यरत छन् । रसुवा भन्सारमा दरबन्दी राखेर अख्तियारमा बसेका उनका केरुङ नाकाबाट सामान आयात गर्ने ६ वटा व्यापारिक फर्ममा लगानी रहेको स्रोतले बताएको छ । स्रोतका अनुसार रसुवा भन्सार कार्यालय नै बाँस्तोलाको कब्जामा छ ।

उनले आफ्नो लगानी भएको ब्ल्याक डाइमण्ड इन्टरप्राइजेजलगायतका कम्पनीका ट्रक र कन्टेनरमा आयात गरिएका सामानको भन्सार मूल्याङ्कनमा कडाइ नगर्न यसअघिका भन्सार प्रमुख केदार पनेरु र वर्तमान प्रमुख गोपाल कोइरालालाई दबाब दिने गरेका छन् । बाँस्तोलाले  दिलिप गिरीको फर्ममा पनि लगानी गरेका छन् ।

व्यापारिक फर्ममा जिनको कपडा ल्याए कटन भनेर मूल्याङ्कन गर्न र पश्मिना धागोलाई मोजा बुन्ने धागो ल्याएको भनेर मासिक करोडौं रुपैयाँ भन्सार छुट गराउन दबाब दिने गरेका छन् । 

उनले आफ्नो लगानी भएका यी व्यापारिक फर्ममा जिनको कपडा ल्याए कटन भनेर मूल्याङ्कन गर्न र पश्मिना धागोलाई मोजा बुन्ने धागो ल्याएको भनेर मासिक करोडौं रुपैयाँ भन्सार छुट गराउन दबाब दिने गरेका छन् । पश्मिनाको धागोकोे प्रतिकिलो २४ डलर भन्सार शुल्क तिर्नुपर्छ भने मोजा बुन्ने धागोको ३ डलर मात्र तिर्नुपर्छ । जिनको कपडाको प्रति मिटर १.१८ डलर पर्छ भने कटनको कपडाको २६ सेन्ट मात्र भन्सार शुल्क तिरे पुग्छ । जिनको पाइन्टको ३ डलर भन्सार शुल्क लाग्छ । तर उनले बेबी (बच्चा) को भनेर १ डलरमा आयात गर्दै आएका छन् ।

रसुवा भन्सारमा प्रमुख आयुक्तका पिए बाँस्तोलाको दबाब यति छ कि दैनिक ५ देखि ७ वटा कन्टेनर सामान न्यून बिजकीकरण गरी छाडिने गरेका छन् । यसरी केही व्यापारिक फर्मले आयात गरेका कन्टेनरलाई मात्र किन न्यून बिजकीकरण गरी छाडेको भन्दै अरू ब्यापारीहरुले भन्सारका कर्मचारीलाई ¥याख¥याख पार्दै आएका छन् ।

बाँस्तोलाका कन्टेनरसँग भन्सार शुल्क पुरै लिए १३ पन्ना भराउने धम्की दिने गरेकाले रसुवा भन्सारका प्रमुख त्रसित हुँदै छाड्ने गरेका छन् । बाँस्तोलाका ट्रकलाई रसुवा भन्सारका कर्मचारीहरूले अख्तियारका ट्रकको संज्ञा दिने गर्दछन् । रसुवा भन्सारबाट भन्सार छली गरी दैनिक करोडौं मूल्यका सामान आयात गर्दै आएका बाँस्तोलाले भन्सारबाट दस्तुरीको भागबण्डा पनि लिने गरेका छन् ।

अख्तियार प्रमुखको संरक्षण प्राप्त बाँस्तोलाले सरुवादेखि भन्सार छुट गराएर व्यापार र मुद्दामा डिल गर्दै अरब रुपैयाँ हाराहारी जायजेथा जोडिसकेको आरोप छ । ‘उनका ब्ल्याक डाइमण्ड इन्टरप्राइजेजदेखि विभिन्न व्यापारिक फर्ममा लगानी, काठमाण्डौंमा ७ देखि ८ ठाउँमा घरघडेरी नगदसहितको सम्पत्ति कसले छानबिन गर्ने ? अकूत सम्पत्तिमा छानबिन हुँदैछ भनेर विभिन्न कर्मचारीलाई थर्काएर असुली गर्ने बाँस्तोलाको छानबिन दीप बस्न्यातको पदावधि सकिएपछि अख्तियारले नै गर्नुपर्छ’–अर्थ मन्त्रालयका एक अधिकारीले भने ।

याे पनि पढ्नुहाेस्
रसुवा भन्सारमा बढ्यो तस्करी

सरकारी जग्गा ‘हडप्दा’ पनि नगरपालिकाको रहस्मय मौनता

प्रतिक्रिया दिनुहोस्