राम्रा दिनहरु फर्किनेछन्, हामी फेरि भेट्नेछौँ, आफ्ना साथीहरूमाझ हुनेछौँ : महारानी एलिजाबेथ


२४ चैत्र २०७६, सोमबार
Queen Elizabeth
In this image taken from video and made available by Buckingham Palace, Britain’s Queen Elizabeth II addresses the nation and the Commonwealth from Windsor Castle, Windsor, England, Sunday April 5, 2020. Queen Elizabeth II made a rare address, calling on Britons to rise to the challenge of the coronavirus pandemic, to exercise self-discipline in “an increasingly challenging time”. (Buckingham Palace via AP)

लन्डन, २४ चैत :  बेलायतमा कोरोनाभाइरसको संक्रमण बढ्दै गइरहेको बेला बेलायतकी महारानी एलिजावेथ द्वितीयाले आइतबार राष्ट्रको नाममा सम्बोधन गरेकी छिन् । सन्देशमा महारानी एलिजाबेथले कोरोनाभाइरसको महामारी विरुद्धको लडाईमा बेलायत सफल हुने बताएकी छिन् ।

महारानी एलिजाबेथले राम्रो दिन फर्किने विश्वास व्यक्त गरेकी छिन् । देशवासीको नाममा सम्बोधन गर्दै भनेकी छिन्,‘ हामीले अझ धेरै सहनुपरे पनि के कुरा सम्झेर सहज मान्नुपर्छ भने राम्रा दिनहरू फर्किनेछन्, हामी फेरि आफ्ना साथीहरूमाझ हुनेछौँ, हामी फेरि हाम्रा परिवारसँग हुनेछौँ, हामी फेरि भेट्नेछौँ ।’

महारानी एलिजाबेथको यस्तो सन्देशलाई दुर्लभ मानिन्छ । त्रियानब्बे वर्षिया महारानी एलिजावेथले राजगद्दी सम्हालेदेखि गरेको यो पाचौं सम्बोधन हो । बेलायतमा ४७ हजार ८ सय ६ जनालाई कोरोनाभाइरसको सङ्क्रमण भएको छ भने, मृत्यु हुनेको सङ्ख्या ४,९३४ पुगेको छ ।

महारानी एलिजाबेथले बेलायत सरकारको नियम मानेर घरमै बस्ने मानिसहरूलाई धन्यवाद दिदै अरूका लागि सहयोग गर्न जुटेकाहरूको प्रशंसा गरेकी छिन् ।

महारानीले आफ्ना प्रियजनबाट अलग्गिने पीडादायी अवस्था बारेमा बोल्दै सन् १९४० ताकाको दोस्रो विश्वयुद्धको समयको सम्झना गरिन् । उनले सम्बोधनमा भनेकी छिन्, ‘यसले मलाई १९४०मा विन्डसोरबाट गरेको पहिलो प्रसारणको याद दिलाउँछ, त्यतिबेला मेरी दिदी र मैले घरबाट सुरक्षाका लागि निकालिएका बालबालिकाका लागि बोलेका थियौं । आज फेरि धेरैले आफ्ना नजिकका व्यक्तिहरूसँग छुट्टिनु परेको दर्दनाक भावना महशुस गर्नुहोला तर हामीलाई थाहा छ की यसो गर्नु नै सही कुरा हो ।’


महारानीले सन्देश दिएको एक घण्टापछि प्रधानमन्त्री कार्यालय डाउनिङ स्ट्रीटले प्रधानमन्त्री बोरिस जोनसनलाई अस्पताल लगिएको घोषणा गरेको थियो । दश दिनअघि कोरोनाभाइरसको सङ्क्रमण भएको पुष्टि भएपछि उनी एकान्तवासमा थिए ।

महरानीले सबै मिलेर संघर्ष गरीरहेको भन्दै सबै एकताबद्ध भएर यो समस्यालाई पार लगाउनुपर्ने बताएकी छिन् । भनेकी छिन्, ‘मिलेर हामी यो रोगसँग सङ्घर्ष गरिरहेका छौँ र म फेरि के आश्वस्त पार्न चाहन्छु भने हामी एकबद्ध र दृढ भयौँ भने हामीले यसलाई पार लगाउनेछौँ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७