कोरोना उपचारमा खटिने निजी अस्पतालका डाक्टर र स्वास्थ्यकर्मीलाई सरकारी सरह सुविधा दिइने


२४ चैत्र २०७६, सोमबार
doctor internet

काठमाडौं, २४ चैत :  सरकारले कोरोना भाइरस (कोभिड-१९) रोग उपचारमा खटिने निजी अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीलाई पनि सरकारी कर्मचारीसरहकै थप सुविधा दिने निर्णय गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले निजी क्षेत्रका डाक्टर तथा स्वास्थ्यकर्मीलाई पनि सरकारी चिकित्सकले पाउने तलबसरहकै तलब र भत्ता सुविधा दिने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता डा. युवराज खतिवडाका अनुसार निजी क्षेत्रका चिकित्सकहरुले पनि सरकारी अस्पतालहरुमा आएर काम गर्न चाहेमा वा काम गर्न खोजेमा सम्बन्धित तहअनुसार मिलान गरेर काम गर्न अवसर दिइनेछ ।

उनीहरुले पाउने सुविधा सरकारी चिकित्सकहरुले पाउनेसरहको हुने छ र तह पनि त्यसैअनुसार मिलाइने छ ।

यसअघि कोरोना नियन्त्रण सम्वन्धी उच्चस्तरीय समितिको आइतबार बसेको बैठकले देशभरका ५० हजार महिला स्वास्थ्य स्वयंसेविकालाई पनि सहभागी गराउने निर्णय गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७