लकडाउनमा पुल बनाउन दिनुपर्ने निर्माण व्यवसायीको माग


२४ चैत्र २०७६, सोमबार
1559737357nirman

काठमाडौं, चैत २४ । नेपाल निर्माण व्यवसायी महासघंले लकडाउनमा पुल तथा नदी नियन्त्रणका निर्माण कार्य गर्न दिनुपर्ने माग गरेको छ।

यो पुल तथा नदी नियन्त्रण निर्माणको सिजन भएको र वर्षा लागेपछि यस्ता निर्माण कार्य गर्न नसकिने महासघंले जनाएको छ। माहासघंले विज्ञप्ती जारी गर्दै निर्माण स्थलहरुमा अर्वौका निर्माण सामाग्री परियोजना स्थलमा ढुवानी गरिसकेको स्पष्ट पारेको छ।

पुल निर्माणको लागि स्ल्याव ढलान गर्ने फर्मा राखी रड बाधिसकेको र प्रिस्टेज पुल निर्माणको लागि टेण्डम तार जडान गरिसकेको छ।

यस्ता किसिमको निर्माण कार्य वर्षाअघि सक्नैपर्ने माहासघंले बताएको छ। यी परियोजना स्थलमा सिमित श्रमिक हुने र निश्चित क्षेत्रभित्र रहने भएकोले सामाजिक दुरी कायम गर्न सकिने महासघंको दाबी छ।

त्यस्तै, पुल निर्माणको लागि आवश्यक उपकरण , निर्माण सामाग्री तथा अत्यावश्यक खाद्य बस्तुको ढुवानी गर्न, पुलका प्रविधिक र मदजुरको आवतजावतको लागि पासको व्यवस्था गर्न समेत आग्रह गरिएको छ।

Press Release Chaitra FCAN 24 scaled

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७