सनराइज बैंकले वितरण गर्‍यो दुई अस्तपताल पिपिई


२४ चैत्र २०७६, सोमबार
sun

काठमाडौं, चैत २४ । सनराइज बैंकले भक्तपुर क्यान्सर अस्तपताल र तिल गंगा आखाँ अस्तपतालका डाक्टर तथा नर्सका लागि आवश्यक व्यक्तिगत सुरक्षात्मक उपकरण ९पिपिई० वितरण गरेको छ।

बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गत कोरना भाइरसको उपचारमा खटिने चिकित्सक र नर्सका लागि उक्त पिपिई दिइएको हो। सोमबार बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले भक्तपुर क्यान्सर अस्तपतालका मेडिकल निर्देशक प्रोफेसर डा.ऋषिकेश नारायण श्रेष्ठलाई १५ थान पिपिई र ५०० थान माक्स हस्तान्तरण गरे।

साथै तिल गंगा आखाँ अस्तपतालमा पनि ५ थान पिपिई बैंकका प्रमुख कार्यकारी अधिकृतले प्रदान गरे। हालसम्म सनराइज बैंकले सातै प्रदेशमा रहेको विभिन्न अस्पतालमा ४०० वटा भन्दा बढी पिपिई वितरण गरिसकेको ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७