२०७६ चैत २५ गते मंगलबारको तपाईको राशिफल


२५ चैत्र २०७६, मंगलवार
rasifal

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
ठीक समयमा सही निर्णय लिन सकिने छ । राजनैतिक क्षेत्रमा सफलता मिल्ने छ । धार्मिक कार्यको योजना बन्ने छ । भूमिबाट लाभ रहला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
सामान हराउने वा चोरी हुने सम्भावना छ । स्वस्थ्यसम्बन्धी चिन्ता बढ्ने छ । साझेदारी काममा उल्झन आउने छ । बन्न लागेको काम विग्रिने छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
शुभारम्भको चर्चा चल्ने छ । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । सांस्कृतिक क्षेत्रमा रुची बढ्ने छ । आँटेको काम ढिलो हुनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज सहकर्मीबाट विरोध आउँला । लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हात पार्न नसकिएला । नियमित खर्च समेत बढ्ने योग छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
रोकिएका काम पुनः सुरु गर्ने योजना बन्न सक्छ । आर्थिक कारोवारमा सफलता पाइएला । महिला वा मित्रबाट विशेष सहयोग मिल्ने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज स्वास्थ्यप्रति सजक रहनु पर्छ । सानो तिना समस्यामा अल्झिनु पर्नेछ । शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
महत्वपूर्ण कामको योजना बन्ने छ । सामाजिक कार्यमा मन जानेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । लक्ष्मी प्रसन्न हुने योग छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहने छ । घरमा अतिथीको आगमन हुनसक्छ । साथीभाइले पनि राम्रै सहयोग जुटाउने छन् ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज समाज सेवामा मन लाग्ने छ । नयाँ कामको योजना बन्ने छ । वाक्चतुर्याईले सङ्कल्पसिद्घ हुनेछ । भाग्यले विभिन्न अवसर जुराउने छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
धैर्य एवं लगनशीलताले अवसर दिलाउने छ । नयाँ ज्ञान सिक्ने मौका मिल्ने छ । प्रेम सम्बन्ध कसिलो हुनेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ने छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आज मन परेको खनेकुरा खान पाईने छ । अरुलाई प्रभावित पारेर काम बन्ने छ । न्यायिक कार्यमा सफलता पनि सफलता मिल्न सक्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज भाग्यले विभिन्न अवसर जुराउने छ । मनमा शान्ति र अनुहारमा कान्ति छाउने छ । कला, साहित्य तथा संगीतमा रुची पनि बढ्ने छ ।

ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७