प्रेमीसँग २७ मिनेट फोनपछि रङ्गेहात भेटेका देवरको हत्या, अवैध सम्बन्धले पुर्‍यायो खोरमा


२५ चैत्र २०७६, मंगलवार
debar mahotari 20200406161357

बर्दिबास, २५ चैत । महोत्तरीको पर्साकी सगिरा खातुनलाई अबैध सम्बन्धले प्रहरी खोरमा पुर्‍याएको छ । उनी १५ दिनदेखि जिल्ला प्रहरी कार्यालको हिरासतमा छिन् । १३ वर्षीय देवर मजिवुल अन्सारीको घाँटी औलाले थिची हत्या गरेको उनीमाथि अभियोग छ ।

सगिराको आर्थिक अवस्था दयनीय थियो । सन्तानको लालपालन गर्न उनका श्रीमान रकिवुल अन्सारी दुई वर्षदेखि विदेशमा छन् । उनको तीन सन्तान छन् । यौन प्यास मेटाउन उनले प्रेमीसँग यौन सम्बन्ध बढाएकी थिइन् ।

khatun 20200406161448

गत चैत्र ९ गते मध्यरातमा आफ्नै घरमा प्रेमीलाई बोलाएर सगिरा यौन क्रियाकलाप लिप्त थिइन् । आपत्तिजनक अवस्थामा उनलाई देवर मजिवुलले देखेका थिए ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी श्यामकृष्ण अधिकारीका अनुसार देवर र भाउजू मिलेर घरमा आएका ती युवक (भाउजुको प्रेमी) लाई भगाएका थिए । त्यसपछि भाउजु र देवर आ–आफ्नै कोठामा गएर सुतेका थिए ।

सगिराले आफ्नै प्रेमीसँग राति २७ मिनेट कुरा गरोको कलडिटेल प्रहरी पत्ता लगाएको छ । यौन सम्बन्धको पोल खुल्ने डरले प्रेमीको योजनामा सगिराले देवरलाई घाँटी थिचेर हत्या गरेकी हुन सक्ने बताइएको छ ।

देवरको शव गाडन कवरगाहा जाँदै गर्दा उनलाई पक्राउ गरिएको थियो । देवरलाई सुतेको औछ्यानमै भाउजूले अबैध सम्बन्ध लुकाउन हत्या गरेको एसपी अधिकारीले बताए । ’महिलाको प्रेमीको पनि डिटेल हामीले पत्ता लगाइसेका छौं ।

भागेर भारतमा लुकेको छ’ उनले भने, ‘उनको खोजी गरिरहेका छौ ।’ पक्राउ परेका सगिरा र उनको प्रेमीमाथि कर्तव्य ज्यानमा मुद्धा दर्ता गरि अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । अन्नपूर्ण पोष्टबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७