बेलायती प्रधानमन्त्री जोनसनलाई ‘आईसीयू’ मा


२५ चैत्र २०७६, मंगलवार
Boris Johnson pic

काठमाडौं, २५ चैत । बेलायती प्रधानमन्त्री बोरिस जोनसोनलाई लण्डनको अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा भर्ना गरिएको छ ।

उनी होशमै रहे पनि स्वास्थ्य स्थिति खराब हुँदै गएपछि आइसीयूमा राखिएको बीबीसीले जनाएको छ ।

कोरोना सङ्क्रमण पुष्टि भएपछि सेल्फ आइसोलेशनमा बस्दै आएका प्रधानमन्त्री जोनसोनलाई सोमबार १० औं दिनमा अस्पताल भर्ना गरिएको हो ।

अस्पताल भर्ना हुनुअघिसम्म पनि प्रधानमन्त्री जोनसोनले आफ्नो काम गरिरहेका थिए । अहिले विदेशमन्त्री डोमिनिक राबलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७