‘चिन्ता नलिनुस् नेपालमा चीनबाट चाँडै स्वास्थ्य सामग्री आउँदैछ’


२५ चैत्र २०७६, मंगलवार
hau2020 01 04 07 57 12

काठमाडौं, २५ चैत । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले चीन सरकारले चाँडै नेपाललाई मेडिकल सामग्री र उपकरण पठाउने बताएकी छन् ।

चीन र विश्वका अन्य देशमा महामारी फैलिएपछि नेपाल सरकारले अपनाएका उपायको उनले उच्च प्रशंसा गरेकी छन् । राजदूत यान्छीले नेपाल, दक्षिण एसियासहित विश्वका एक सय २० देशलाई चीनले सहयोग गरिरहेको उल्लेख गरेकी छन् ।

चिनियाँ राजदूत यान्छीले नेपाली सञ्चारमाध्यमलाई पठाएको प्रश्नोत्तरसहितको वक्तव्यमा चीनलाई गाह्रो परेका वेला नेपालले महत्वपूर्ण सहयोग गरेको भन्दै प्रशंसा व्यक्त गरेकी छन् । ‘चीनले पनि नेपाललाई सहयोग पुर्‍याउन कोशिस गरिरहेको छ ।

हाम्रो दूतावासले हालै नेपालका सम्बन्धित मन्त्रालयहरूसँग कागजात आदानप्रदान गरेको छ, भिडियोमा कुराकानी गरेको छ । महामारी रोकथाम र नियन्त्रण, क्लिनिकल उपचार, भन्सार क्वारेन्टाइनसम्बन्धी जानकारी र अनुभव हामीले सुनाएका छौँ,’ उनले भनेकी छन् ।

चीन सरकारले नेपाललाई भौतिक सहयोग गर्नेसमेत उनले आश्वासन दिएकी छन् । ‘चीनको केन्द्र सरकारले नेपाललाई भौतिक सहयोग प्रदान गर्नेछ । यसका लागि दुवै पक्ष सम्पर्कमा छन् ।

चीनका केही स्थानीय सरकार र नागरिक समाजहरूले सक्रिय रूपमा नेपाललाई आवश्यक पर्ने सामग्री जुटाउन कार्य गरेका छन्,’ उनले भनेकी छन्, ‘अहिलेको सबैभन्दा गाह्रो विषय यातायात हो । चिनियाँ दूतावासले भन्सार निकासी र यातायातको सहजता सुनिश्चित गर्न सबै पक्षसँग थप समन्वय गर्नेछ ।’ नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७