गोर्खाज फाइनान्सको यी ६ शाखा (मंगलबार)आज खुल्ने


२५ चैत्र २०७६, मंगलवार
gorkhas finance logo

काठमाडौं, २५ चैत । गोर्खाज फाइनान्सले आज (मंगलबार) ६ वटा शाखा खोलेर ग्राहकलाई बैंकिंग सेवा उपलब्ध गराउने भएको छ ।

कोरोना भाइरस (कोभिड-१९)को बढदो जोखिमसँगै सरकारले लकडाउन गरे पनि आज(मंगलबार)चार शाखाहरु  खुल्ला रहने सूचना अधिकृत शम्भु राइले जानकारी दिए ।

फाइनान्सको उपत्यका बाहिरको बिर्तामोड शाखा, छप्राडी शाखा, नेपालगञ्ज, भेडेटार,  सुर्खेत शाखा खुल्ला र उपत्यका भित्र भक्तपुर शाखा खुल्ने जानकारी दिए ।

फाइनान्सले खुल्ने शाखा र ती शाखाका सम्पर्क व्यक्ति र उनीहरुको फोन नम्बर समेत उपलब्ध गराएको छ । फाइनान्सले एक सूचना जारी गर्दै सम्पर्क व्यक्तिको मोवाइल नम्बरमा फोन गरेर पनि आवश्यक जानकारी लिन सकिनेछ ।

92223861 3064963893525637 6177910181523881984 o

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७