संकटमा थपियो विपति, आगलागीबाट १३ लाखको क्षति


२५ चैत्र २०७६, मंगलवार
KN Damauli gharaaglagi scaled

तनहुँ, २५ चैत । तनहुँको व्यासनगरपालिका–७ स्थित सामली बाँसपानीमा सोमबार आगलागी हुँदा दुई घर जलेर पूर्णरूपमा क्षति भएको छ ।

विद्युत् सर्ट भई अचानक घरमा आगलागी हुँदा स्थानीय तिलविक्रम परियार र गोकर्ण परियारको करिब रु १३ लाख बराबरको धनमाल क्षति भएको हो ।

तिलविक्रमको रु सात लाख र गोकर्णको रु छ लाख बराबरको क्षति भएको वडाध्यक्ष सतिशचन्द्र न्यौपानेले जानकारी दिए । घटना भएको जानकारी पाएलगत्तै प्रहरीसहितको टोली आगो नियन्त्रणका लागि गए पनि नियन्त्रणमा लिन नसकिएको उनले बताए । ‘आगो नियन्त्रणका लागि झण्डै दुई घण्टा लाग्यो तर पनि आगो नियन्त्रणमा लिन सकिएन’, उनले भने ।

आगलागी भएपछि दुई घरका १५ जनाको यतिबेला बिचल्ली भएको छ । उनीहरुको खान बस्नका लागि सामली बाँसपानी टोल विकास संस्थालाई जिम्मा लगाइएको उनले जानकारी दिए । वडामार्फत पनि उनीहरुलाई राहतको लागि व्यवस्था गर्न लागिएको बताइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७