कोरोना नियन्त्रणमा खटिनेलाई शत प्रतिशत अतिरिक्त भत्ता र २५ लाखसम्मको बीमा : स्वास्थ्यमन्त्री ढकाल


२५ चैत्र २०७६, मंगलवार
Bhanubhakta Dhakal MOHP nik saimoni institute 3

काठमाडौं, २५ चैत । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले सरकारको तर्फबाट चिकित्साकर्मीलाई सुरक्षा सामाग्री बिना काम गर्ने परिस्थितिको सिर्जना हुन नदिने प्रतिवद्धता जनाएका छन् ।

मंगलबार विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को स्थापना दिवसका अवसरमा सन्देश दिँदै मन्त्री ढकालले कोभिड–१९ को बेला सरकारी, निजी वा गैरसरकारी सबै क्षेत्रमा कार्यरत चिकित्साकर्मी, चिकित्सामा संलग्न सबैलाई सत प्रतिशतसम्म अतिरिक्त भत्ता उपलब्ध गराउने र २५ लाखसम्मको बीमाको व्यवस्था गर्ने निर्णय गरिएकाे जानकारी दिए ।

यस विषम परिस्थितिमा कोभिड—१९ रोग फैलिन नदिन लकडाउनको विकल्प नभउको भन्दै उहाले विभिन्न देशबाट स्वदेश फर्किएका नागरिकले सरकारले निर्धारण गरेको क्वारेन्टाइनमा बसी गरेको सहयोगको लागि धन्यवाद दिए ।

कोरोन अझै थप संक्रमण हुन नदिन आम जनसमुदाय, तीनै तहका सरकार र सम्बद्ध सम्पूर्ण सरोकारवालाहरुलाई निरन्तर खट्न, जुट्न र एकताबद्ध प्रयास गर्न उनले अपिल गरे।

१० वटा पोर्टेबल भेन्टिलेटर र एक हजार थान पिपिइ हस्तान्तरण

कोभिड–१९ को महामारी फैलिएर बिरामी हुने स्थिति र अस्पतालमा उपचार गर्नुपर्ने स्थितिको सिर्जना भए बिरामीको उपचारका लागि काठमाडौं उपत्यका भित्र ५ वटा र उपत्यका बाहिर १३ वटा गरी १८ वटा कोभिड–१९ विशेष अस्पताल तयार गरिएको उनले बताए ।

  निक साइमन इन्स्टिच्युटले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई १० वटा पोर्टेबल भेन्टिलेटर र एक हजार थान पिपिइ हस्तान्तरण गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई निक साइमन इन्स्टिच्युटका तर्फबाट डा अनिल श्रेष्ठले सामाग्री हस्तान्तरण गरे । 

भेन्टिलेटर र पिपिइ जस्तो महत्वपूर्ण स्वास्थ्य सामाग्री हस्तान्तरण गरेकोमा धन्यवाद दिँदै सबैको प्रयासले कोरोनाविरूद्धको लडाइँमा विजय प्राप्त गर्न सकिने बताए ।

उनले विपद्को यस अवस्थामा निक साइमन इन्स्टिच्युटले हस्तान्तरण गरेको पोर्टेबल भेन्टिलेटर तत्कालै धनगढी, वुटवल र बागलुङमा दुई/दुई वटाको दरले पठाइने र चार वटा भेन्टिलेटर आकस्मिक प्रयोजनाका लागि तयारी अवस्थामा राखिने जानकारी दिए ।

इन्स्टिच्युटका तर्फबाट डा श्रेष्ठले अझै धेरै सहयोग उपलब्ध गराउने कोशिश भइरहेको भन्दै नेपाल सरकारसँग सहकार्य गर्न पाएकोमा खुशी प्रकट गरे ।

हस्तान्तरण लगत्तै स्वास्थ्य सेवा विभागमा महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले स्वास्थ्य सामाग्री सम्बन्धित जिल्लामा पठाउने काम सुरू भएको जानकारी दिए । पिपिइ यसअघि नै जिल्ला जिल्लामा पठाइएको श्रेष्ठले बताए। 

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७