कोरोना संक्रमित ८ जनाको स्वास्थ्य अवस्था सामान्य : स्वास्थ्य मन्त्रालय


२५ चैत्र २०७६, मंगलवार
Bikash devkota

काठमाडौं, २५ चैत ।  स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमित ८ जनाको स्वास्थ्य अवस्था  सामान्य रहेको जनाएको छ ।   

मन्त्रालयमा मंगलबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा बिकास देवकोटाले कोरोना संक्रमित ८ जनाको अवस्थामा सामान्य  रहेकाे जानकारी दिए । 

यस्तै उनले मंगलबार नयाँ कोरोना संक्रमित नदेखिएको बताए ।  उनले अहिलेसम्म टेक प्रयोगशालामा  १७९६ जनाको परिक्षण भएको जानकारी दिए । मुलुकभर १०० जना आइशोलेशनमा रहेको र १७२ जना रेड जोनमा रहेको उनले बताए ।

त्यस्तै मुलुकभरका ९ स्थानबाट कोरोना परिक्षण सुरु गरिएको र यसलाई विस्तार गरिने बताए । उनले कोरोना परिक्षणलाई तिव्र रुपमा बढाउने गरि काम भइरहेको पनि जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७