अन्तर्राष्ट्रिय उडानको प्रतिबन्ध थप १५ दिन लम्ब्याइयो, वैशाख १८ गतेसम्म बन्द


२५ चैत्र २०७६, मंगलवार
nepal airlines 3

काठमाडाैं, २५ चैत :  सरकारले अन्तर्राष्ट्रिय हवाई उडानमा लगाएको प्रतिबन्ध वैशाख १८ सम्म लम्ब्याएको छ । कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाप तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको मंगलबारको बैठकले अन्तर्राष्ट्रिय हवाई उडानमाथिको प्रतिबन्धमा १५ दिन समय थप गरी बैशाख १८ गते सम्म उडान स्थगित गर्ने निर्णय गरेको हो।

 

बैठकले वैशाख ३ गते (अप्रिल १५) सम्म सबै अन्तर्राष्ट्रिय हवाई उडान स्थागित भएकोमा १५ दिन समय थप गरी बैशाख १८ गतेसम्म उडान स्थगित गर्ने निर्णय गरेको हो। यसअघि ३ वैशाखसम्म आन्तरिक र अन्तराष्ट्रिय हवाई उडानमा प्रतिबन्ध थियो । आन्तरिक उडानको बिषयमा भने कुनै निर्णय नभएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव नारायण प्रसाद विडारीले जानकारी दिए ।

स्वास्थ्य सेवा विभागले प्रकृयागत रुपले खरिद गर्ने कामलाई कायम राख्ने र स्वास्थ्य मन्त्रालयको समन्वयमा आवश्यक स्वास्थ्य सामग्रीको संख्या र किसिम पहिचान गरी नेपाली सेनामार्फत सरकार सरकार (जिटुजी) मार्फत प्रतक्ष खरिद गर्ने प्रकृया अगाडी बढाएर छिटो सामग्री ल्याउने विषयमा समेत छलफल भएको उनले बताए।

बैठकले कोरोना भाइरस (कोभिड-१९) को संक्रमणको उच्च जोखिम भएका जिल्लाहरुमा र्‍यापिड किटमार्फत परीक्षणलाई बढाउने निर्णय गरेको समेत उनले बताए। बैठकले संक्रमणको बढी सम्भावना भएका जिल्लाहरु डोटी, अछाम, जुम्ला लगयातका जिल्लामा पनि सघन रुपमा परीक्षणलाई अगाडि बढाउने निर्णय गरेको छ। कैलाली, कञ्चनपुर र बाग्लुङ्मा आरडिटी पद्धतीबाट सिघ्र परिक्षण गर्ने र त्यसबाट पोजेटिभ देखिए पिसिआर मेसिनबाट परीक्षण गर्ने निर्णय भएको उनले बताए। 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७