मानव जाति ‘महासंकट’मा, हाम्रा अर्बपति कालोबजारीमा


२५ चैत्र २०७६, मंगलवार
Sulav Agrawal

काठमाडौं, २५ चैत :  सुलभ अग्रवाल जो जगदम्बा र शंकर समूहका सञ्चालक हुन् । उद्योगीहरुको संगठन नेपाल उद्योग परिसंघ (सीएनआई) का उपाध्यक्ष अग्रवाल नेपालका अर्बपति मध्येका एक हुन् ।

तिनै अर्बपति अग्रवाल मंगलबार ज्वरो नाप्ने थर्मल गन (डिजिटल थर्मोमिटर) कालोबजारी गर्ने क्रममा पक्राउ गरे । अग्रवालले ज्वरो नाप्ने थर्मल गनको कालोबजारी गरीरहेको समय त्यस्तो समय हो, कोरोनाभाइरसको विश्वव्यापी महामारीको कारण नेपाल मात्रै होइन विश्व र मानव जाति नै महासंकटमा छ ।

अग्रवालले कालोबजारी गरिहेको सूचना पाएपछि ग्राहक बनेर प्रहरीले अग्रवाललाई भनेका थिए, ‘तपाईंसँग ज्वरो नाप्‍ने थर्मल गन छ भन्ने सुन्यौं, हामीलाई १ सय थान जति मिलाइदिनु पर्‍यो ।’ ग्राहक भएर प्रहरीले कुरा गर्दै थर्मल गनलाई १६ हजार पर्ने बताएका थिए अग्रवालले । तर, बार्गेनिङ्ग गरेपछि उनले १५ हजारमा दिने सहमति गरे । ग्राहकको रुपमा कुरा गरेका प्रहरीले १० लाख बराबरको थर्मल गन किन्ने जनाए । 

अपराध महाशाखाका प्रहरी अधिकृतहरु ग्राहक भएर अग्रवाल कहाँ मंगलबार बिहान नक्सालमा सामान लिन पुगेका थिए । जहाँ उनले साढे २४ सयमा पाइने थर्मल गन १५ हजार लिएर बेच्ने तयारीमा बसेका थिए । 

निर्धातिर समयमा प्रहरी पुग्दा अग्रवाल कूटनीतिक नियोग तथा राजदूतावासले प्रयोग गर्ने २०९ एचसीसी–१ नम्बर प्लेटको गाडीमा चढेर आए । पक्राउ परे । अग्रवाल त्यही गाडीमा चढेर कालोबजारीमा सक्रिय थिए ।

लक्ष्मणबाबु भवन नक्सालमा रहेको जगदम्बाको गोदाममा चीनको ग्वाङ्झाओबाट चैत २० गते विमान चार्टर गरी ल्याइएका मेडिकल उपकरण थर्मोगन, एन नाइन फाइभ मास्कहरु राखेर कालोबजारी गर्दैआएका अग्रवाललाई प्रहरी ग्राहक बनेरै पक्राउ गर्न सफल भयो । पक्राउ गर्नगएको प्रहरीलाई उनले आफू किर्गिस्थानको अवैतनिक बाणिज्यदूत भन्दै तर्साएका थिए । प्रहरीका गाडीमा जाई समेत लागे ।

अग्रवालले थर्मोगनको १६ हजार रुपैयाँसम्म लिएर बिक्री गर्ने गरेका थिए भने मास्कको ७ सय रुपैयाँमा बिक्री गरेका थिए । नेपाल रेडक्रस सोसाइटीले थर्मोगन खोजीका लागि जाँदा त्रिपुरेश्वरको एक सर्जिकलले २२ हजार रुपैयाँमा लिने भए ल्याइदिने भनेका थिए । अग्रवालले त्यही सर्जिकलबाट पनि बिक्री गर्ने गरेका थिए ।

स्रोतका अनुसार गत सातामात्रै अग्रवालले नेपाल एयरलाइन्सको जहाजमार्फत चीनबाट २० हजार थान थर्मल गन ल्याएका थिए ।  अग्रवालले त्यो सामानहरु चीनबाट ल्याएका हुन् । चौधरी फाउन्डेसन, नर्भिक लगायतका निजी अस्पतालका सामान ल्याउन चैत २० मा चीनको ग्वाङ्झावका लागि वाइडबडी विमान चार्टर गरिएको थियो ।

अरु निजी मेडिकल सप्लायर्सले सामान ल्याउन चार्टर गर्न खोज्दा निगमले नदिइरहेको अवस्थामा चौधरी ग्रुपले उक्त जहाज चार्टर गरेको थियो । अरु ब्यापारीका मेडिकल सामान पनि ल्याउने भनेर लगिए पनि जहाजले चौधरी ग्रुप र जगदम्बाका साहिल अग्रवाल र सुलभ अग्रवालका सामान मात्र लिएर आएको थियो ।

अग्रवाललाई छाड्न दबाब
अग्रवाल पक्राउ परे लगत्तै छाड्न व्यवसायीले दबाब दिएका छन् । उनले कालोबजारी नगरेको दाबी गरी मन्त्रीहरुमार्फत प्रहरीमा दबाब दिइएको स्रोतको भनाई छ । प्रहरीले फसाउन खोजेको आरोप लगाउदै बिभिन्न शक्ति केन्द्र मार्फत छुटाउन दबाब दिएका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७