कोरोनाले खर्बौ गुमाउँदै धनाढ्य, दैनिक ४८ अर्ब बढी गुमाउँदै मुकेश अम्बानी


२६ चैत्र २०७६, बुधबार
mukesh ambani

काठमाडौं, २६ चैत । विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरसले अहिले विश्व आक्रान्त छ । कोरोना भाइरसले जनको मात्र क्षति गरिरहेको छैन, विश्वको अर्थतन्त्रमै ठूलो असर पुर्‍याइरहेको छ ।

कोरोना भाइरस साना र विकासोन्मुख देशहरुका लागि त संकट भई गयो, विश्वका शक्तिशाली र धनाढ्य देशहरुका लागि समेत कम बनेको छैन । कोरोना संकटका बेला गरीबहरुलाई छाक टार्न चिन्ता छ भने धनाढ्यहरुलाई आफ्नो साम्राज्य खस्किने पिरलो छ ।

कोरोनाका कारण विश्वका धेरै गरीबहरु मृत्युको मुखमा पुग्ने अवस्था आइसकेको छ भने संसारका धनाढ्यहरु आफ्नो साम्राज्य आँखा अगाडि ढलिरहेको आफै हेर्न वाध्य भइरहेका छन् ।

अहिलेको कोरोना भाइरसका कारण संसारकै धनीहरु दैनिक अर्बौ रुपैंयाँ गुमाइरहेका छन् । संसारकै धनीमध्येका एक मानिने भारतीय धनाढ्य मुकेश अम्बानी दैनिक चार सय मिलियन डलर बराबरको सम्पत्ति गुमाइरहेका छन् ।

यो नेपाली पैसामा हेर्ने हो भने ४८ अर्बभन्दा बढी हुन आउँछ । अर्थात् भारतीय धनकुबेर अम्बानीको ढुकुटीमा कोरोना आक्रमणबाट उनी दैनिक ४८ अर्ब गुम्दै गरेको हेर्न विवश छन् ।
उनी पछिल्लो दुई महिनायता यसरी दैनिक रुपमा लगातार आफ्नो धनको पहाडमा पहिरो गएको सहन बाध्य भएका छन् ।

क्वार्ज इण्डिया नामक अनलाइनमा अनन्या भट्टाचार्य लेख्छिन्, यसरी एक झट्कामा पैसा गुमाउनेहरुमा अम्बानी मात्रै छैनन्, भारतका अरु थुप्रै अर्बपतिहरुले पनि आफ्नो धन हैसियत गुमाउँदै लगेका छन् ।

मुकेश अम्बानीलागि यो ठूलै आँधी सरह बनेर आएको छ । उनको कूल धनमा २८ प्रतिशत घटेको हो । दुई महिनाको यस अवधिमा अम्बानीको १९ बिलियन अर्थात् १९ खर्ब रुपैयाँ स्वाहा भएको हो ।

उर्जा क्षेत्रमा दिग्गज मानिने रिलायन्स इन्डष्ट्रिज र जियो टेलिकमका मालिक अम्बानीको कूल सम्पत्ति ४८ बिलियन डलर रहेको जनाइएको छ । यसैगरी संसारभरका एक सय धनाढ्यले कोरोनाको आक्रमणमा ४०८ बिलियन सम्पत्ति गुमाएका छन् ।

कोरोनाका कारण सबैभन्दा बढी धनको साम्राज्य गुमाउनेमा फ्रान्सका बर्नार्ड अर्नल्ड ३० बिलियन, मुकेश अम्बानी १९ बिलियन, अमेरिकाका बरेन वाफेट १९ बिलियन, स्पेनका अमान्सियो ओर्टेगा १७ बिलियन, मेक्सिकोका कार्लोस स्लिम हेलु १७ बिलियन, अमेरिकाका बिल गेट्स १५ बिलियन छन् ।

यस्तै अमेरिकाकै मार्क जकरबर्ग १३ बिलियन, अमेरकाकै ल्यारी पेज १३ बिलिलयन, अमेरिकाकै सर्जेई ब्रिन १३ बिलियन, अमेरिकाकै मिचेल ब्लूमबर्गले १० बिलयन गुमाएका हुन् । क्वार्ज इण्डिया अनलाइनबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७