बागचौर नगरपालिकाद्वारा स्वास्थ्यकर्मीलाई पिपिई वितरण


२६ चैत्र २०७६, बुधबार
Ppe 2

सल्यान, २५ चैत । सल्यानको बागचौर नगरपालिकाले ६० थान पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पिपिई) वितरण गरेको छ ।

मंगलबार नगर प्रमुख लोकमान बुढाथोकी र नगर उपप्रमुख कल्पना पुनको नेतृत्वमा नगर मातहतका सम्पूर्ण स्वास्थ्य संस्थाहरू कार्यरत स्वास्थ्यकर्मी र कार्यालय सहयोगीलाई पिपिई वितरण गरिएको हो ।


स्वास्थ्यकर्मी र कार्यालय सहयोगीलाई ५४ थान, ४ थान पिपिई सवारी चालकलाई र बाकीँ २ थान पिपिई स्वास्थ्य शाखामा राखिएको छ । बागचौर नगरपालिकाले एन ९५ मास्क लगायत अन्य आवश्यक स्वास्थ्य सामाग्री यो भन्दा अगाडि नै वितरण भइसकेको थियो ।


यसअघि वडा नं. ४ को स्वास्थ्य चौकी शिवरथमा आठ सेट पिपिई उपलब्ध गराएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७