चैत २६ देखि बैशाख ३ सम्म सांग्रिला डेभलमपेन्ट बैंकको यी शाखाहरू खुल्ने


२६ चैत्र २०७६, बुधबार
Sangrila development bank

काठमाडौं, २६ चैत । सांग्रिला डेभलपमेन्ट बैंकले लकडाउनको समयमा खुल्ने शाखाहरुको सुची सार्वजनिक गरेको छ ।

सरकारले कोरोना भाइरस(कोभिड–१९)को संक्रमणको जोखिमसँगै बैशाख ३ सम्म लकडाउनको समय बढाएपछि बैंकले बुधबार चैत २६ गतेदेखि बैशाख ३ सम्मको खुल्ने शाखाको सुची सार्वजनिक गरेको हो ।

बैंकको देशभरका ७ वटै प्रदेशका विभिन्न शाखाहरुबाट ग्राहकहरुलाई न्युनतम सेवा दिने जानकारी गराएको छ । बैंकले बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म विभिन्न शाखाहरुबाट बैंकिङ्ग सेवा दिने सूचना मार्फत जानकारी गराएको छ ।

आज(बुधबार) बैंकको उपत्यकामा दुुई र उपत्यका बाहिर १४ शाखा खुलेको छ । चैत २७ गते उपत्यकामा कपन र पेप्सिकोला शाखा खुुल्नेछ भने उपतयका बाहिर १२ वटा शाखा खुल्ने भएको छ ।यसैगरी २८ गते उपत्यकामा पुरानो बानेश्वर, नख्खिपोट र कुमारी पाटीको शाखा खुल्नेछ । भने बाहिर १२ वटा शाखा खुल्ने छ ।
यस्तै चैत ३०, बैशाख २ गते र ३ गते उपत्यका ३ शाखा खुुल्नेछ । भने १२ क्रमशः १४, १२ र १३ शाखा खुल्ने भएको छ ।

sangrila development bank

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७